स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिउडको दोस्रो फिल्म
नेपालबहस संवाददाता
असोज ७, २०८१ सोमबार १२:४:३१
७ असोज, काठमाडौं । बलिउड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । अहिलेसम्म फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा ६०० करोड पार गरेको छ ।
फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको छैटौं सातापछि आइतबारसम्म ६०४ करोड २२ लाख कमाई गरेको छ ।
बलिउड फिल्मको इतिहासमा ६०० करोड कमाई गर्ने स्त्री-२ दोस्रो फिल्म हो । यस अघि शाहरुख खानको २०२३ को सेप्टेम्बरमा रिलिज भएको फिल्म जवानले ६४३ करोड ८७ लाख कमाई गरेको थियो । जवान अहिलेसम्म भारतीय बक्स अफिसमा सबैभन्दा बढी कमाई गर्ने फिल्म हो । त्यस्तै स्त्री-२ पछि रणवीर कपुरको एनिमलले ५५६ करोड ३६ लाख कमाई गरेको थियो ।
करिब ५० करोडको लागतमा बनेको स्त्री-२ ले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो । अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
दक्षिण भारतका फिल्म सुपरस्टार नयनतारा र धनुषबीच विवाद
मंसिर ५, २०८१ बुधबार
अल्लु अर्जुन बने भारतका सबैभन्दा महंगा अभिनेता
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार