हरर कमेडी ‘फिरफिरे फिरिरी’ छठ पर्वमा रिलिज हुने
नेपालबहस संवाददाता
असोज ७, २०८१ सोमबार १४:२९:३३
७ असोज, काठमाडौं । हरर कमेडी जनरामा बनेको चलचित्र ‘फिरफिरे फिरिरी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।बिन्दबासिनी क्रियसन द्वारा निर्मित चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् । चलचित्र 'नौ डाँडा पारी', 'मंगलसुत्र' निर्माण गरेका निर्माता अधिकारी करिब १५ बर्षपछि फेरी चलचित्र निर्माणमा फर्किएका हुन्।
अब निरन्तर चलचित्र निर्माणमा लाग्ने उनको योजना रहेको छ। सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको चलचित्र ‘फिरफिरे फिरिरी’ले दर्शकलाई पूर्ण मनोरंजन प्रदान गर्नेमा निर्माण टिम ढुक्क देखिएको छ। यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्।
नबिन भट्टको निर्देशनमा बनेको चलचित्रको पोस्टरमा चारजना पात्रहरुलाई देखाईएको छ। स्कुटीमा बसिरहेकी युवतीलाई तिन जना युवाहरुले तानातान गर्दै गरेको देखाईएको छ। चलचित्रको फर्स्टलुक संगै प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउनेछ। चलचित्रको सार्वजनिक पोस्टर अनन्त घिमिरेले डिजाइन गरेका हुन्।
‘फिरफिरे फिरिरी’ चलचित्रको नाम पहेलो रंगले हाईलाइट गरिेको छ जस्मा स्लोगन आज साईकल।। भोली फरारी लेखिएको छ। यस चलचित्रमा मनोज कुमार अधिकारी,सन्दिप श्रेष्ठ, भावना उप्रेती,शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी,पुष्प अवस्थी,सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।
चलचित्रमा जितु तामाङको छायांकन,रोशन दास,प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन,केशव राज भट्टको कोरियोग्राफी,एलिस कार्कीको ब्याकराउण्ड म्युजिक,प्रशान्त सिवाकोटीको संगीत,अमित श्रेष्ठको साउण्ड डिजाइन,अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ। चलचित्रलाई देशभर आर।आर फिल्म्सले वितरण गर्नेछ। चलचित्रको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार