स्वास्थ्यमन्त्री पौडेलले चलाए कर्मचारी, मिश्रालाई मन्त्रालय तानेर विभागमा पुर्याइए देवकोटा
नेपालबहस संवाददाता
असोज ७, २०८१ सोमबार १४:२९:५७
७ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालय र मातहतका निकायका मुख्य अधिकारीहरू सरुवा गरेका छन् । मन्त्री पौडेलको सचिवालय स्रोत दिएको जानकारी अनुसार आइतबार विभाग र अस्पतालका प्रमुखको जिम्मेवारी हेरफेर गरेका हुन् ।
मन्त्रालय अन्तर्गत महत्वपूर्ण मानिएको स्वास्थ्य सेवा विभागमा रहेकी डा. संगीता मिश्रालाई मन्त्रालयमा तानेर सो विभागको महानिर्देशकको जिम्मा डा. विकास देवकोटालाई दिएका छन् । उपचारात्मक महाशाखाको जिम्मेवारी डा. सुधा देवकोटालाई दिइएको छ । उक्त महाशाखाका डा. अनुप बाँस्तोलालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुर्याइएको छ ।
कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. रूना झा र गजेन्द्र नारायण सिंह अस्पतालको प्रमुख मेसुमा डा. श्रीराम तिवारीलाई पठाइएको छ भने डडेल्धुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. नरेन्द्र खनाल सरुवा भएका छन् । कारागार अस्पतालमा निर्देशक रहेका डा. प्रकाश बुढाथोकीलाई मन्त्रालयमा तानिएको छ ।
स्वास्थ्य तालिम केन्द्रमा यशोदा अर्याल पुगेकी छन् भने डा. अनुप भट्टचनलाई सार्क टीबी रोग केन्द्रको जिम्मेवारी दिइएको छ । सार्क टीबी सेन्टरमा रहेकी डा. मनिषा रावललाई केन्द्रीय कारागार अस्पतालको निर्देशकको जिम्मेवारी दिइएको छ । विभागको व्यवस्थापन महाशाखा प्रमुखमा डा. पवनजंग रायमाझीलाई लगेर त्यहाँ रहेका डा. श्रवण थापालाई राष्ट्रिय ट्रमा सेन्टरमा सरुवा गरिएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. चुमनलाल दासलाई हटाइ उनको ठाउँमा डा. भीम प्रसाद सापकोटा गएका छन् । गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी डा. सरोज शर्माले पाएका छन् । यसअघि उक्त महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका डा. मदन उपाध्यायलाई वीर अस्पतालमा सरुवा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार