दिल्लीकी मुख्यमन्त्री आतिशीले किन राखिन खाली कुर्सी ?
नेपालबहस संवाददाता
असोज ७, २०८१ सोमबार १६:४५:३२
७ असोज, काठमाडौं । भारतको दिल्लीकी मुख्यमन्त्री आतिशी मरलानले आजदेखि आफ्नो कार्यभार सम्हालेकी छन् । तर कार्यभार सम्हाल्ने क्रममा उनले मुख्यमन्त्रीको कुर्सी खालिराखेर अर्को कुर्सीमा बसेपछि विवादित बनेकी छन् ।
आतिशीले दिल्लीको मुख्यमन्त्रीको रुपमा आफूले अरविन्द केजरीवाललाई नै मान्ने भन्दै चार महिना उनको नाममा आफूले मुख्यमन्त्री चलाउने बताएकी छन् । उनले राम १४ बर्ष बनबास जाँदा भारतले रामको खराउ मागेर सत्ता चलाए जस्तै आफूले खाली कुर्सी राखेर चार महिना मुख्यमन्त्री चलाउने बताएकी छन् ।
आतिशीको यो कदमको भारतीय जनता पार्टीले आलोचना गरेको छ । भाजपा सांसद मनोज तिवारीले दिल्लीको मुख्यमन्त्रीको पदभार ग्रहण गरेलगत्तै आतिशीको भनाइको खिल्ली उडाएका छन् । तिवारीले आतिशीले आफुलाई मुख्यमन्त्री नै नमानेको र यसको अनेक अर्थ लाग्ने बताएका छन् । बिजेपीले आतिशी र केजरीवालले दिल्लीलाई लालु-राबडी मोडल र सोनिया-मनमोहन मोडेल चलाउन चाहेको भन्दै आलोचना गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपश्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुराले लिए शपथ
असोज ७, २०८१ सोमबार
हिजबुल्लाहविरुद्ध आवश्यक कारवाही गर्न तयार छौं : नेतान्याहु
असोज ७, २०८१ सोमबार
श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी
असोज ६, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
पत्रकार महासंघको निर्वाचन समयमा नभएपछि लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश
असोज ७, २०८१ सोमबार
साफ यू –१७ च्याम्पियनसिपमा श्रीलंकामाथि नेपालको फराकिलो जित
असोज ७, २०८१ सोमबार
दिल्लीकी मुख्यमन्त्री आतिशीले किन राखिन खाली कुर्सी ?
असोज ७, २०८१ सोमबार
सामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु : नेप्से
असोज ७, २०८१ सोमबार
कांग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनित
असोज ७, २०८१ सोमबार