नुहाउने क्रममा जितिया ब्रतालुको पोखरीमा डुबेर मृत्यु
नेपालबहस संवाददाता
असोज ७, २०८१ सोमबार १८:४२:३७
७ असोज, काठमाडौं । रौतहटको राजदेवीमा एकजना जितिया ब्रतालुको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ । राजदेवी ८ लक्ष्मिपुर गाउँ छेउ पोखरीमा सोमवार दिउँसो नुहाउने क्रममा ब्रतालु महिला स्थानिय प्रमोद साह कानुको ४५ वर्षिया श्रीमती गिरीजा देवी कानुको डुबेर मृत्यु भएको हो ।
ब्रतालु महिला नुहाउने क्रममा डुबेको खबर पाउना साथ सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेलविछवा र प्रहरी चौकी वेलविछवाबाट गएको संयुक्त टोलीले महिलाको उद्धार गरी तत्कालै प्रादेशिक अस्पताल गौरमा उपचारको लागि पठाएको थियो । तर डाक्टरले महिलालाई मृत घोषणा गरेको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर हेक्वा रौतहटका प्रमुख एसपी विक्रम हुमागाईले जानकारी दिएका छन् ।
मृतक महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको तथा घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन् । तराई मधेशमा मनाइने जितिया पर्वको पूर्व संध्या अर्थात एकदिन अघि नहाय खाय मनाउने चलन रहिआएको छ । नहाय अर्थात नुहाउन स्नानको लागि महिलाहरू समूह समूहमा गाउँ नजिकको नदी, पोखरी, जलासयमा जाने गर्दछन्।
राजदेवीमा आज भएको घटना नुहाउने क्रममा खुट्टा चिप्लीएर पोखरीको गहिरो पानीमा लडेर डुबेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । जितिया पर्व मनाउँदा पितृले मुक्ती पाउने र छोराको आयु लामो हुने घटना दुर्घटना बाट जोगिने जनविश्वास रहिआएको छ। रौतहटमा कतिपय ठाउँमा आजै नहाय खाए मनाइएको छ भने कैयौं ठाउँमा भोली मनाइने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीमा करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु
असोज ७, २०८१ सोमबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार
नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग
असोज ७, २०८१ सोमबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
सर्लाहीमा करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु
असोज ७, २०८१ सोमबार
मुगु ६५ औं साक्षर जिल्ला घोषणा
असोज ७, २०८१ सोमबार
ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो
असोज ७, २०८१ सोमबार
प्रहरी हिरासतबाट फरार ७ थुनुवा पक्राउ
असोज ७, २०८१ सोमबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार