मुगु ६५ औं साक्षर जिल्ला घोषणा
नेपालबहस संवाददाता
असोज ७, २०८१ सोमबार २०:४८:५५
७ असोज, मुगु । विकट हिमाली जिल्ला मुगुलाइ साक्षर जिल्ला घोषणा गरिएको छ । आज एक औपचारिक कार्यक्रम गर्दै मुगु साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्लाका चार स्थानीय तहहरुले साक्षर पालिका घोषणा गरेसँगै मुगु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्ला समन्वय समितिले आयोजना गरेको साक्षर जिल्ला घोषणा कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए ।
जिल्ला समन्वय समिति प्रमुख मन्जनबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न साक्षर जिल्ला घोषणा कार्यक्रममा सामाजिक विकास मन्त्री भण्डारीसहित सरोकारवालाले सामुहिक रुपमा घोषणापत्रमा हस्ताक्षर गरेका थिए ।
“हिजोका दिनमा गाउँघरमा परदेशबाट आफन्तहरुले पठाएको चिठी पढ्न गाउँमा पढेको मान्छे खोज्दै हिँडनुपर्ने अवस्था थियो । अब त्यो अवस्था छैन, आज सबै पढ्न सक्ने भएका छन्”, नेपाल शिक्षक महासङ्घका जिल्ला अध्यक्ष विष्णुमाया भामले भने ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष नृपेन्द्रबहादुर मल्लले साक्षर जिल्ला घोषणा गरिएपनि स्थानीय तहहरुले साक्षरताको १२ सूचकमध्ये छ सूचक मात्र पूरा गरेको र बाँकी छ वटा सूचक पनि पूरा गर्न सुझाव दिए । नागरिक अगुवा रुपबहादुर मल्लले साक्षर जिल्ला घोषणामा मात्र सीमित नरहनुपर्ने बताए ।
दुर्गम जिल्लाको स्वास्थ्य, शिक्षाको गुणात्मक सुधारका लागि आफूले कर्णाली प्रदेश सरकारमा उपलब्धीमूलककार्यमा ध्यान दिने सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रतिवद्धता व्यक्त गरे । मुगु साक्षर घोषणा भएसँगै देशका ६५ जिल्ला साक्षर घोषणा भएका छन् । अझै १२ जिल्ला साक्षर घोषणा हुन बाँकी छन् । कार्यक्रममा स्थानीय देउडा, हुड्के नाचसहित विभिन्न विद्यालयले साँस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार