इजरायलको आक्रमणमा लेबनानमा ४९२ जनाको मृत्यु, १६४५ भन्दा बढी घाइते
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार ८:१९:४३
८ असोज, काठमाडौं । लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली हवाई हमलाका कारण देशमा कम्तीमा ४९२ जनाको मृत्यु भएको र १६४५ जनाभन्दा बढी घाइते भएको जनाएको छ । लेबनानको जनस्वास्थ्य मन्त्रालयले देशको दक्षिणी भागमा रहेका सबै अस्पतालहरूलाई अत्यावश्यक शल्यक्रियाहरू रद्द गर्न आग्रह गरेको विज्ञप्ति जारी गरेको छ ।
घाइतेहरुलाई आकस्मिक विभागमा पुर्याउन चिकित्सकहरुलाई तयार रहन भनिएको छ । शिक्षा मन्त्रालयका अनुसार लेबनानको दक्षिणी र बेरुतको दक्षिणी उपनगरका विद्यालयहरूलाई पनि बन्द गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । इजरायली रक्षा बलहरूले लेबनानमा १६०० भन्दा बढी लक्ष्यहरूलाई लक्षित गरेको बताएको छ ।
आइडीएफ प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले इजरायली वायुसेनाले १६ सय भन्दा बढी लक्ष्यहरूलाई निशाना बनाएको बताएका हुन् । इजरायली सेनाले अब हिजबुल्लाहविरुद्धको आक्रमणको दायरा व्यवस्थित रूपमा बढाउँदै लैजाने बताएको छ ।
इजरायलले घर नजिकै हतियार राखिएको ठाउँ छाड्न सर्वसाधारणलाई आग्रह गरेको छ । इजरायलले हिजबुल्लाहले हतियारहरू इजरायलविरुद्ध प्रयोग गर्न चाहेको र त्यसको सुरक्षाका लागि लेबनानी जनतालाई मानव ढाल बनाएको आरोप लगाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
सोमबार सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
पुष १, २०८१ सोमबार
वसन्तपुर दरबार स्क्वायरमा राष्ट्रिय झण्डा दिवस मनाइयो
पुष १, २०८१ सोमबार
खोलामा तरकारी खेती
पुष १, २०८१ सोमबार
सानेपामा कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक
पुष १, २०८१ सोमबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार