आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार १०:३६:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/rabi_m87C9rBulf_BMMvoAKLfx.png)
८ असोज, काठमाडौं । मुलुकमा सहकारी ठगी सम्बन्धी आन्दोलन चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा छन् । गृहमन्त्री रमेश लेखकले सहकारी ठगी सम्बन्धी प्रतिवेदन कार्यान्वयनका लागि नेपाल प्रहरीलाई निर्देशन दिए लगत्तै पूर्व डीआईजी छविलाल जोशी पक्राउ परिसकेका छन् ।
संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको सूचीमा छन् । तीन दिन यता सभापति लामिछाने कार्यकर्ताको कडा सुरक्षामा पार्टी कार्यालय र घर ओहोरदोहोर गरिरहेका छन् । आफू पक्राउ पर्ने डरले कार्यकर्तालाई देशव्यापी विरोधमा उत्रन आग्रह गरिरहेका छन् । सोमबार दिउँसो कास्कीमा सहकारी पीडित र रवि लामिछानेका कार्यकर्ताहरूबीच झण्डै झडप भएको थियो ।
गृहमन्त्रीले यो विषयमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई बोलाएर परिस्थितिलाई नियन्त्रणमा लिन निर्देशन दिएका थिए । तर उनी सोमबार नै विदेश भ्रमणमा निस्किएका छन् । आईजीपी कुँवर दम्पत्ति सोमबार ग्रीस प्रस्थान गरेका हुन् । मित्रराष्ट्र ग्रीसको एथेन्समा असोज ८ अर्थात् मंगलबारदेखि असोज १० अर्थात बिहिबारसम्म युएस ड्रग इन्फ्रसमेन्ट एडमिनिस्ट्रेसनको आयोजनामा सञ्चालन हुने ३८ औं इन्टरनेशनल ड्रग इनफ्रसमेन्ट कन्फ्रेन्समा सहभागी हुन आईजीपी कुँवर सोमबार बिहान उता गए । कन्फरेन्समा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशकुमार आचार्य समेत सहभागी हुनका लागि प्रस्थान गरेका छन् । सो कार्यक्रममा एसएसपी आचार्य मात्र गए पनि पुग्ने थियो । तर आईजीपी आफै श्रीमतीसहित ग्रीस पुगेका छन् ।
‘यता आन्दोलन छ, सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने अवस्था छ, तर आईजीपी विदेशमा छन्’, गृहमन्त्रालयका एक अधिकारीले भने ‘यो सरासर सरकारलाई असहयोग गरेको देखियो ।’
प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा एआईजीपी टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सहित कार्यवाहक प्रहरी महानिरीक्षककाे जिम्मेवारी सम्हालेका छन् । राई प्रहरी प्रधान कार्यालयमा रहेको प्रशासन विभागको प्रमुखको जिम्मेवारीमा छन् । राई कार्यवाहक आईजीपी भएपछि सोमबार गृहमन्त्रालयमा यो विषयमा छलफल भएको थियो । रवि लामिछानेलाई सहकारी छानबिनका लागि पक्राउका विषयमा सोमबार गृहमन्त्रालयमा बैठक बसेको थियो ।
बैठकमा गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दवाडी , निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईलगायत सहभागी थिए । लामिछानेलाई कहिले पक्राउ गर्ने, पक्राउपछि आउन सक्ने सम्भावित सुरक्षा चुनौती , आवश्यक तयारीलगायतका विषयमा बैठक केन्द्रीत रहेको थियो । तर संगठन प्रमुख नै नेपालमा नभएका बेला चेनअफ कमाण्डमा समस्या उत्पन्न हुनसक्ने भन्दै प्रहरीले केही दिन पर्खिने नीति लिएको छ । ‘डीआईजी जाने एउटा सामान्य कार्यक्रममा आईजीपी सहभागी भएका छन्, मुलुकमा कानुन कार्यान्वयनको चुनौतीको सामना गर्नुपर्ने बेलामा आईजीपी देश बाहिर हुनु सरकारका लागि सुखद विषय होइन’, प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने ।
विगतमा आईजीपी कुँवरले राज्य व्यवस्था समितिको बैठकमा प्रवेश गरेर लामिछानेलाई क्लिन चिट दिएका थिए । त्यो विषय अहिलेको सरकारले सम्झिरहेको छ । अपराध अनुसन्धानको जिम्मेवारी लिएको संगठनले तत्कालीन समयमा लामिछानेलाई कसरी क्लिन चिट दियो भन्ने प्रश्न अहिले उठिरहेको छ । सांसद सूर्य थापा नेतृत्वमा बनेको सहकारी ठगी सम्बन्धी छानबिन समितिले चाहि कसरी प्रमाण संकलन गर्न सक्यो, प्रहरीलाई कसरी निकम्मा सावित गराइयो भन्ने प्रश्नको जवाफ स्वयं आईजीपीले दिनुपर्ने अवस्था आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार
हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने
फागुन ४, २०८१ आइतबार
आइतबार साढे १९ अकले बढ्यो बजारः २७ सय नजिक पुग्यो नेप्से, ९ अर्ब ४७ करोडको कारोबार
फागुन ४, २०८१ आइतबार
भविष्यमा विश्वविद्यालय शिक्षासमेत निःशुल्क गर्न सकिनेछ : प्रधानमन्त्री
फागुन ४, २०८१ आइतबार