सडक अनुगमनमा स्वास्थ्यमन्त्री
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार १४:२३:१७
८ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत् प्रसारण लाइन विस्तारका कारण भत्काइएको बाँसबारी–बूढानीलकण्ठ सडकको अवस्थाबारे जानकारी लिएका छन् ।
काठमाडौँ महानगरपालिका–५ बाट निर्वाचित मन्त्री पौडेलले तीन साताअघि मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत् प्राधिकरणले समयमै मर्मत नगरेपछि धुलोबाट नागरिकले सास्ती पाएको भन्दै तत्काल कालोपत्रको काम अघि बढाउने व्यवस्था मिलाउन सम्बद्ध निकायलाई आग्रह गरे ।
एक वर्षअघि नै काम थालिए पनि सम्बद्ध तीन निकायबीच समन्वयको अभावमा काम नभएपछि नागरिकलाई परेको समस्या हटाउने पहलकदमीका रुपमा मन्त्री पौडेलले डिभिजन सडक कार्यालय, मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत् प्राधिकरणका अधिकारीसँग स्थलगत निरीक्षण गरेर काममा ढिलाइ नगर्न उहाँले आग्रह गरेका हुन् ।
सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रअघिको ३०० मिटर खण्डमा कालोपत्रको तयारी थालिएको थियो । सडकमा माटो बिच्छ्याए पनि कालोपत्र गर्ने काम अघि नबढेको गुनासो आएपछि मन्त्री पौडेलले सम्बद्ध अधिकारीको ध्यानाकर्षण गराएको उनको निजी सचिवालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघिनाटार–टाउनचोक सडक कालोपत्र सुरु
पुष २, २०८१ मंगलबार
दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम पाँच वर्षमा पनि पूरा भएन
पुष २, २०८१ मंगलबार
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार