वर्षा नहुँदा धान उत्पादक किसान चिन्तित
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार १४:४४:१७
८ असोज, गाईघाट 'उदयपुर' । केही दिनयता अत्यधिक गर्मी बढेसँगै वर्षा नहुँदा यहाँका धान उत्पादक किसान चिन्तित बनेका छन् । भदौ महिनाको चौथौ सातादेखि अत्यधिक गर्मी र खडेरी सुरु भएपछि सिँचाइ अभाव भएका त्रियुगा, बेलका, चौदण्डी र कटारी नगरपालिका क्षेत्रका किसानको धान मर्न थालेको किसानहरुको भनाइ छ ।
त्रियुगा नगरपालिका–१ जोगिदह बरगाछीका किसान पदम कार्की भन्छन्, “असारदेखि निरन्तर वर्षा भएकाले गाउँको पाखा खेतमा पनि धान रोपाइँ सहज भएको थियो, तर जब भदौको अन्तिम हप्तादेखि गर्मी बढेर खडेरी सुरु भएपछि धान मर्न थाले । सिँचाइको अभावमा खेतका गरामा चिरा परेको छ ।” उनले आफ्नो खेतको २५ प्रतिशत धानको बोट मर्न थालेको बताए ।
त्रियुगा नगरपालिका–१३ पोर्ताहका किसान देवीलाल चौधरीका अनुसार भदौको तेस्रो साता देखि बर्षा हुन छाडेको हो । सुख्खा भएपछि खोलानालामा पानी सुक्न थालेको कारण खेतमा सिँचाई गर्न नसकिएको उनले बताए । आफूले १४ कठ्ठा खेतमा रोपेको धानसहित गाउँलेको खेतमा समेत सिँचाइ अभावमा धान मर्न थालेको चौधरीको भनाइ छ ।
त्रिनपा– १३ लक्ष्मीपुरका किसान नारायण चौधरी भन्छन्, “झण्डै २५ दिनदेखि पानी परेको छैन, खेतमा बोरिङ मेसिन हुने किसानको त पानी तानेर सामान्य सिँचाइ भइरहेको छ, मेसिन नहुनेको सिँचाइ अभावमा धान मर्न थालेका छन् ।”
चौदण्डीगढी नगरपालिका–१० हडिया र सुन्दरपुर क्षेत्रमा पनि सिँचाइ अभावमा धेरै किसानका खेत खडेरीले सुक्न थालेका छन् । कटारी नगरपालिकाको रिस्कु, सोमबारे र मरुवा क्षेत्रमा खडेरीले प्रभावित बनाएको छ । जिल्ला सदरमुकाम गाईघाटमा सोमबार मात्र ४२ डिग्री तापक्रम मापन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार