कार्यक्रममा होहल्ला गर्ने ४ केन्द्रीय सदस्यसहित ९ जनालाई जनमतले सोध्यो स्पष्टीकरण
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार १७:४०:४६
८ असोज, काठमाडौं । जनमत पार्टीले चार केन्द्रीय सदस्यसहित नौजनालाई स्पष्टीकरण सोधेको छ । यही असोज ५ गते जिल्ला समन्वय समिति महोत्तरीको हलमा आयोजित कार्यक्रममा होहल्ला, गुटबन्दी गरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।
महोत्तरीको जलेश्वरमा भएको पार्टीको प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रममा होहल्ला गरी कार्यक्रम बिथोृलेृको र भाँडभैलो गरेको आरोपमा जनमत पार्टीले ९ जनासँग स्पष्टीकरण माग गरेको हो । स्पष्टीकरण सोधिएकामा केन्द्रीय कार्यकारिणी सदस्य सञ्जयकुमार यादव, केन्द्रीय सदस्यहरू दिपेन्द्र मधेशी, कोमल यादव, इन्द्रप्रसाद सिंह, सुरेश ठाकुर छन् ।
पार्टीको जलेश्वर नगरपालिका सचिव संजीत यादव, साधारण सदस्यहरू सन्तोषकुमार यादव, सिंहेश्वर मण्डल र रामजीवन साहलाई पनि स्पष्टीकरण सोधिएको छ । सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भन्दै पार्टीका तर्फबाट उपाध्यक्ष दीपककुमार साहले उनीहरूलाई पत्र पठाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार