लुम्बिनी विकास कोषका सदस्य–सचिव र कोषाध्यक्षमाथि आक्रमण
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार १७:५६:४९
८ असोज, बुटवल । आन्दोलनरत निर्माण व्यवसायीले लुम्बिनी विकास कोषका पदाधिकारीमाथि आक्रमण गरेका छन् । आक्रमणका क्रममा कोषका सदस्य–सचिव सानुराजा शाक्य र कोषाध्यक्ष ढुण्डीराज भट्टराई सामान्य घाइते भएका छन् ।
मंगलबार निर्माण व्यवसायीहरुले फाइभ इलेमेन्ट होटलबाट बाहिरी रहेका कोषका पदाधिकारीमाथि आक्रमण गरेका हुन् । लुम्बिनी विकास कोषका पदाधिकारीलाई होटलको ढोकामा हुल हुज्जल गरिएको र कोषका सदस्य–सचिव शाक्य र कोषाध्यक्ष भट्टराईमाथि आक्रमण गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।
२० जनाको समूहमा रहेका आन्दोलनकारीले आक्रमण गर्दा त्यहाँ उपस्थित सांसद र कोषका कर्मचारीले उनीहरूलाई जोगाएका थिए । सदस्य–सचिव शाक्य र कोषाध्यक्ष भट्टराईलाई सामान्य चोटपटक लागेको छ ।
आन्दोलनरत निर्माण व्यवसायीको माग सम्बोधन गरी समस्या समाधान गर्न लागिपरेका बेला हुलहुज्जतसहित अपमानजनक रूपमा आक्रमण गर्नु दुःखद भएको कोषाध्यक्ष भट्टराईले बताएका छन् ।
लुम्बिनीमा निर्माणसम्बन्धी काम गरिरहेका चार वटा जेभी आफूहरूले काम गरेबापत रनिङ बिलको करिब ४९ करोड भुक्तानी पाउनुपर्ने माग गर्दै गत शुक्रबारदेखि आन्दोलित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार