सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार २०:२९:५७
८ असोज, लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देशमा सुशासन कायम गर्नका लागि राजनीतिक नेतृत्वमा इमान्दारिता चाहिने बताएका छन् । लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बुटवलमा आयोजना गरेको सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजनाको मस्यौदामाथिको छलफलमा उनले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न राजनीतिक नेतृत्वमा इमानदारिता जरुरी पर्ने बताए ।
“राजनीतिक नेतृत्व सच्चिन र सुध्रिन जरुरी छ । नियत बेठीक छैन भने ‘ब्यूरोक्रायट’ले पनि साथ दिन्छ । मैले साथ पाइरहेको छु । जुन कार्ययोजना अघि बढाएको छु, त्यसमा मैले पूर्ण साथ सहयोग पाएको छु । उत्साह बढिरहेको छ”, उनले भने, “राजनीतिक नेतृत्वमा समस्याहरू छन् । सबै कुरा सुधारेर लैजान सकिन्छ । त्यो आँट छ । त्यो आँटका साथ प्रदेश सरकार अघि बढिरहेको छ ।”
कार्यक्रममा गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देही, नवलपरासी पश्चिम, कपिलवस्तुका जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, उद्योगी, व्यवसायीलगायत सरोकारवाला पक्षको सहभागिता थियो । लुम्बिनी प्रदेश सरकारले सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक कार्ययोजनाको मस्यौदामाथि छलफल सुरु गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाङको डाँडापातुवामा घरभित्र छिर्यो माइक्रो, ६ जना घाइते
असोज २०, २०८१ आइतबार
प्रचारप्रसार नहुँदा गौरीगाउँ ताल ओझेलमा
असोज १४, २०८१ सोमबार
‘नियत सफा राखौँ, आचारण सुधारौँ’
असोज ९, २०८१ बुधबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
असोज २८, २०८१ सोमबार
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
असोज २८, २०८१ सोमबार
चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिए
असोज २८, २०८१ सोमबार
पौडी खेल्ने क्रममा बेपता बालिका मृत फेला
असोज २८, २०८१ सोमबार
सिनेमा हलको विकल्प खोज्ने निश्चल बस्नेतको चेतावनी
असोज २८, २०८१ सोमबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
असोज २८, २०८१ सोमबार
भक्तपुरमा दुई दिने नेपालभाषा साहित्य सम्मेलन सुरु
असोज २८, २०८१ सोमबार
तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान
असोज २८, २०८१ सोमबार