वनमन्त्री र भुटानका ऊर्जा मन्त्रीबीच भेटवार्ता
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार २१:३१:२
८ असोज, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङबीच शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल–भुटान बीचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउनेलगायत विषयमा छलफल भएको मन्त्री ठकुरीको निजी सचिवालयले जनाएको छ । भेटमा नेपाल र भुटानको धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक र वातावरणीय सम्बन्ध थप बलियो बनाउनेबारे कुराकानी भएको थियो ।
त्यस अवसरमा मन्त्री ठकुरीले उच्चस्तरीय भेटवार्ताले द्विपक्षीय र क्षेत्रीय सम्बन्ध अझ विस्तार हुने बताएका थिए । उनले भुटानले पछिल्लो समय जलविद्युत्, ऊर्जा, प्राकृतिक स्रोेत संरक्षण र पर्यटकीय क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेकामा भुटानको प्रशंसासमेत गरेका थिए । “हामी सार्कमा आबद्ध छौँ, पर्वतीय क्षेत्रका मुद्दाबारे हाम्रो साझा अवधारणा छ । नेपाल र भुटानले पर्यापर्यटन, जलविद्युत्, पहाडी खेती र जडिबुटी क्षेत्रमा थुप्रै सहकार्यको सम्भावना छ ।”
यसैगरी भुटानका मन्त्री छिरिङले नेपाल र भुटान जलवायु परिवर्तनका असरबाट बढी प्रभावित भएकाले जलवायु सम्मेलनलगायत अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले साझा मुद्दासहित प्रस्तुत हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीयता कार्यान्वयन पछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर बन्दैछः सभापति देउवा
असोज ८, २०८१ मंगलबार
कार्यक्रममा होहल्ला गर्ने ४ केन्द्रीय सदस्यसहित ९ जनालाई जनमतले सोध्यो स्पष्टीकरण
असोज ८, २०८१ मंगलबार
कांग्रेसको थारू विभागमा १० सदस्य मनोनित
असोज ८, २०८१ मंगलबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
असोज ८, २०८१ मंगलबार
सर्वोच्च अदालतले भन्यो, दुर्गा प्रसाईंलाई थुनामै राखेर अनुसन्धान गर्नु
असोज ८, २०८१ मंगलबार
हाकिमको आदेशविना ५० लाख झ्वाम, पत्याउनै कठिन !
असोज ८, २०८१ मंगलबार
आईसीसी विश्वकप क्रिकेटः वर्षाका कारण नेपाल र ओमान बीचको खेलका लागि ट्स हुन सकेन
असोज ८, २०८१ मंगलबार
नेपाल प्रहरीका ४१ एसपीको सरूवा, को कहाँ ?
असोज ८, २०८१ मंगलबार
वनमन्त्री र भुटानका ऊर्जा मन्त्रीबीच भेटवार्ता
असोज ८, २०८१ मंगलबार
मञ्जुरीबिना विवाह गरेका नाबालकलाई मुद्दा नचलाइने
असोज ८, २०८१ मंगलबार
सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य
असोज ८, २०८१ मंगलबार