मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार १०:११:३
९ असोज, घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडामा रहेको गगटे तालमा स्थानीय वेदबहादुर ओलीले मोटरबोट सञ्चालन गरेसँगै स्थानीयको आम्दानी बढेको छ । बोटिङ गर्न आउनेले स्थानीय उत्पादन, परिकार खपत गरेपछि उत्पादनमा वृद्धि भएको हो । चालीस वर्षीय ओलीले मोटरबोट सञ्चालनसँगै कुखुरा, हाँस र माछापालन पनि गरेका छन् । उनको फर्मलाई आवश्यक पर्ने दानालगायत सामग्री आपूर्तिबाट पनि स्थानीयको आम्दानी बढोत्तरीमा टेवा पुगेको छ ।
मोटरबोट सञ्चालनसँगै कुखुरा, हाँस र माछापालनबाट प्रशस्त आम्दानी हुने गएकोे उनले बताए । “मेरो सानो रिसोर्ट पनि भएकाले बोटिङ गर्न आउनेहरू त्यहाँ पनि पुग्छन् यसले व्यवसाय प्रवर्द्धन भएको छ”, उनले भने । सार्वजनिक बिदा र शनिबार बढी आन्तरिक पर्यटक आउने गरेका, गर्मीका बेला दैनिक २५–३० जना बढीले बोटिङ गर्ने तथा अन्य व्यवसायबाट आफूले मासिक रु एक लाख ५० आम्दानी गर्दै आएको उद्यमी ओलीले बताए ।
उनले भने, “मेरो व्यवसायमा स्थानीय दुई जनालाई रोजगारी दिएको छुभने घरका पाँच जनाले पनि काम गर्दै आएका छौँ ।” बोटिङ गर्न आउनेसँग प्रतिव्यक्ति रु एक सय शुल्क लिने गरेको जानकारी दिँदै उनले यसमा हालसम्म रु एक करोड १० लाख लगानी गरेको र भविष्यमा व्यवसाय विस्तार गर्ने योजना सुनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्नपूर्ण क्षेत्रमा सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध
असोज ९, २०८१ बुधबार
मञ्जुरीबिना विवाह गरेका नाबालकलाई मुद्दा नचलाइने
असोज ८, २०८१ मंगलबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
सर्वोच्च अदालतले भन्यो, दुर्गा प्रसाईंलाई थुनामै राखेर अनुसन्धान गर्नु
असोज ८, २०८१ मंगलबार
नेपाल प्रहरीका ४१ एसपीको सरूवा, को कहाँ ?
असोज ८, २०८१ मंगलबार
लिलाम गर्न ढिलाई हुँदा करोडौँ मूल्यका सवारीसाधन भन्सारमै थन्किए
असोज ९, २०८१ बुधबार
लामोसमयदेखि नुनखानीको सुरुङ बन्द
असोज ९, २०८१ बुधबार
समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल
असोज ९, २०८१ बुधबार
घमी गाउँका ऐतिहासिक दरवार र गुम्बा
असोज ९, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गमा पहिरोले क्षति पुर्याएको सडक
असोज ९, २०८१ बुधबार
कालीगण्डकी करिडोर अन्तर्गत घिरिङको खण्ड
असोज ९, २०८१ बुधबार