सडक र खानेपानीका समस्या सुनाउन धरानका जनप्रतिनिधि काठमाडौंमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार ११:१७:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/Dharan-Janapratinidhi_DZMYfa9ZxV_Okj16xIDrF.jpg)
९ असोज, सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नं १ का जनप्रतिनिधि सम्मिलित एक प्रतिनिधिमण्डल धरानको भौतिक पूर्वाधार, सडक, खानेपानी, विपद् व्यवस्थापन र जनसरोकारका विषयमा संघीय सरकारका उच्च अधिकारीको ध्यानाकर्षण गराउन काठमाडौं पुगेको छ ।
गत भदौ १३ र १७ गतेको भीषण वर्षाले कोशी राजमार्गमा भएको क्षति, धरान उपमहानगरपालिका–१३ भएर बग्ने खहरेखोलाको बाढीबाट भौतिक पूर्वाधारमा भएको हानी, पुनःनिर्माणलगायत जनसरोकारका विषय सम्बोधनका निम्ति तत्काल सहायता जुटाउने उद्देश्यले प्रतिनिधिमण्डल राजधानी पुगेको हो ।
प्रतिनिधिमण्डले मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भेटेर जनसरोधकार विषयलाई गम्भीर रूपमा लिएर समस्या समाधानका निम्ति अनुरोध गरिएको एमाले कोशी प्रदेशसभा सदस्य भीमज्वाला राईले बताए । टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र खानेपानीमन्त्री प्रदीप यादवलाई बेग्लाबेग्लै भेटेर धरानवासीका समस्या समाधान र विकासका बारेमा ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।
मन्त्री दाहालले प्रतिनिधिमण्डलसँगको भेटमा सडक विभागका कार्यकारी निर्देशक रामहरि पोखरेललाई राखेर समग्र योजनाको टिप्पणी गर्न लगाई प्राथमिकताका आधार काम सुरु गर्न निर्देशन दिएको सदस्य राईले बताए । कोशी राजमार्ग र मदन भण्डारी राजमार्ग सरकारको पहिलो प्राथमिकतामा रहेको र सहरी क्षेत्र र खहरेले पुर्याएको क्षतिका बारेमा प्रदेश र स्थानीय सरकारसँग संघीय सरकारले समन्वय गर्ने जानकारी मन्त्री दाहालले दिएको उनले बताए ।
प्रतिनिधिसभा सदस्यद्वय अशोक राई र सुशीला श्रेष्ठ, कोशी प्रदेशसभा सदस्यहरू रमेश बस्नेत र विजय राई र धरान उपमहानगरपालिका–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेलगायत स्थानीय सम्मिलित प्रतिनिधिमण्डलले सर्दु जलाधार जग्गा संरक्षणका नाममा २०७८ साल पुस १५ गतेदेखि रोक्का गरिएको चार सय सात बिघा जग्गाभित्र परेका धरान–१५ बाँझगरा ९ (क) र घोपा ७ (घ) र (ङ) को जग्गा फुकुवा गर्न तथा धरान उपमहानगरपालिका–१३ का वडावासीको निजी जग्गा पनि जलाधारका नाममा रोक्का गरिँदा तीन हजार परिवार समस्यामा परेकोबारे जानकारी गराएको थियो ।
प्रतिनिधिमण्डलको आग्रहपछि मन्त्री अधिकारीले पुराना कानुनका कारण जनताले पीडा खेप्नुपरेको भन्दै यसलाई क्रमशः समाधान गर्ने बताएको थियो । अविरल वर्षाका कारण धरान–१३ स्थित गौरामार्ग खानेपानी संरचनामा रु ४० लाख बराबरको क्षति भएको, धरान उपमहानगरपालिका–४ को सेर्केबाट शिवधारासम्मको दुई हजार सात सय मिटर क्षेत्रमा बिछ्याइएको ६३ एमएमको सबै बगाएकाले आवश्यक व्यवस्थाका लागि मन्त्री यादवसमक्ष अनुरोध गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार