छविको बयानः जीबीलाई फकाउँदै गोर्खा मिडियामा आएको सहकारीको पैसामा रविले रजगज गरे
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार १२:२३:११
९ असोज, पोखरा । सहकारी ठगी तथा संगठित अपराध आरोपमा पक्राउ गरी कास्की पुर्याइएका पूर्वडीआईजी छविलाल जोशीको सरकारी वकिलको कार्यालयमा बयान जारी छ । उनले बयानका क्रममा आफू नबुझेर गोर्खा मिडियामा संलग्न भएको र गलत हो भनेर बुझेपछि बाहिरिएको बताएका छन् । सहकारीबाट गलत नियतले गोर्खा मिडियामा आएको रकममाथि रवि लामिछानेले रजगज गरेको उनको भनाई छ ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार जोशीसँग जिल्ला सरकारी वकिल कार्यालयको रोहबरमा प्रारम्भिक बयान सुरु गरिएको छ । प्रारम्भिक बयानमा उनले आफू निर्दाेष भएको बताएका छन् । उनले जीबी राईले सहकारीबाट रकम निकाल्दै गोर्खा मिडियामा ल्याएर खर्च गर्ने गरेको र यो सबै काम रविले गराएको बयान दिएका छन् । रविले अनेक प्रलोभन देखाएर भव्य नाफा कमाइन्छ भन्दै जीबीलाई लगानी गर्न उक्साएका थिए ।
अहिले सहकारी ठगी तथा संगठित अपराधमा अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि पोखरा आइपुगेको छ । सूर्यदर्शन सहकारीको बचत गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा प्रहरीका पूर्वडीआईजी जोशीलाई कास्की ल्याइएपछि सीआईबी टोली पोखरा आएको हो । जिल्ला अदालत कास्कीले जोशीलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
प्रहरीका अनुसार जोशीले आफू सुरुवाती चरणमा गोर्खा मिडियामा सञ्चालक समिति उपाध्यक्ष बनेको र छोटो समयमै लामिछाने र राईबाट अलग भएर बाहिरिएको जवाफ दिएका छन् । सहकारीको रकम गोर्खा मिडियामा ल्याउने र त्यसको तजबिजी रवि र जीबीबाटै भएको उनको भनाइ छ । सहकारीबाट कम्पनीमा आएको ६५ करोड ५४ लाख प्रवाह भएको मात्र होइन, सबै जसो रकम लामिछाने आफैंले चेक काटेर खर्च गरेको उनले बयानमा भनेका छन् ।
गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र तत्कालीन उपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीले ग्लोबल आईएमई बैंकमा संयुक्त खाता खोली सूर्यदर्शनसहित विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख लगेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले किटान गरेको छ । कास्की प्रहरीको अनुसन्धान र पोखरा महानगरपालिकाको छानबिनमा सूर्यदर्शन सहकारीको बचत गोर्खा मिडियामा लगेर अपचलन गरिएको पुष्टि भएको समितिले ठहर गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार