एसपी र डीएसपी सरुवाले प्रहरीमा अनुशासनको प्रश्न, गृहमन्त्री र आईजीपीबीच देखियो बेमेल
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार १४:१३:२१
९ असोज, काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) र नायब प्रहरी उपरीक्षक (डीएसपी) को सरुवाको विषयलाई लिएर यतिबेला नेपाल प्रहरीभित्र अनुशासनको प्रश्न उठेको छ । प्रहरी प्रमुख देश बाहिर भएको समयमा सरुवा भएको र यस सरुवाले नेपाल प्रहरीका उच्च अधिकारी र गृहमन्त्री रमेश लेखकबीच पनि आपसी सहमति नभएको चर्चा व्याप्त भएको छ ।
प्रहरी अधिकारीको सरुवा नियमित भएपनि यो सरुवाले नेपाल प्रहरीका महानिरीक्षक र अतिरिक्त प्रहरी महानिरीक्षकबीच असहमति र बेमेल भएको देखाएको छ । सरुवा प्रति निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईको असन्तुष्टि बाहिर आएपछि प्रहरीको सांगठनिक अनुशासनमाथि विभिन्न कोणबाट प्रश्न उठाइन थालेको छ । सहकारी ठगी प्रकरणमा संसदीय समितिले कारवाहीको लागि सिफारिस गरेका व्यक्तिमाथि कारवाही गर्ने विषयमा नै गृहमन्त्री रमेश लेखका र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरबीच कुरा नमिलिरहेको भनिएको अवस्थामा यो सरुवाले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच दूरी बढेको प्रष्ट देखाएको हाे ।
अहिले प्रहरी प्रमुख कुँवर नेपाल बाहिर छन् । सहकारी प्रकरण आएपछि आफू नजाँदा पनि हुने कार्यक्रममा उनी गएको प्रहरी उच्च स्रोतको भनाइ छ । गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री लेखकले सहकारीको विषयलाई तत्काल अगाडि बढाउनु भनेर महानिरीक्षक कुँवरलाई मन्त्रालयमै बोलाएर परिस्थितिलाई नियन्त्रणमा लिन निर्देशन दिएका थिए । तर उनी सोमबार नै विदेश भ्रमणमा निस्किए । आईजीपी कुँवर दम्पत्ति सोमबार ग्रीस प्रस्थान गरेका थिए । ग्रीसको एथेन्समा असोज ८ देखि असोज १० सम्म युएस ड्रग इन्फ्रसमेन्ट एडमिनिस्ट्रेसनको आयोजनामा सञ्चालन हुने ३८ औं इन्टरनेशनल ड्रग इनफ्रसमेन्ट कन्फ्रेन्समा सहभागी हुन आईजीपी कुँवर गएका हुन् ।
यो कन्फरेन्समा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशकुमार आचार्य पनि सहभागी छन् । सो कार्यक्रममा एसएसपी आचार्य मात्र गए पनि पुग्ने थियो । तर आईजीपी आफै श्रीमतीसहित ग्रीस पुगेर सहकारी ठगीका विषयलाई छल्ने प्रयास गरेको गृह स्रोतको भनाइ छ । उनी बाहिर भएकै बेला प्रहरी प्रधान कार्यालयले ४१ प्रहरी उपरीक्षक (एसपी) र १४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । यो सरुवालाई लिएर प्रहरीको उच्च तहमा तीब्र असन्तुष्टि देखिएको छ ।
सरुवाको लिष्ट प्रहरीको मानव स्रोत विकास विभागले निकालेको हो । यस विभागको नेतृत्वमा एआईजी भीमप्रसाद ढकाल छन् । यसरी ठुलो संख्यामा निकालिएको एसपी र डीएसपीको सरुवाबारे नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईलाई समेत जानकारी नगराइएको प्रहरी स्रोतको भनाइ छ । उनलाई जानकारी नै नदिई मानव स्रोत विकास विभागले सरुवाको सूची निकालेको खबर बाहिरिएपछि प्रहरीको चेन अफ कमान्डमा प्रश्न उठाइन थालेको हो । प्रहरीको हाइकमाण्डको अनुशासनमाथि प्रश्न उठेको छ । प्रहरी महानिरीक्षक कुँवरले एआइजी राईलाई निमित्त महानिरीक्षकको जिम्मेवारी दिएका छन् ।
कुँवर नभएको समयमा संगठनभित्र सबै कुराको जिम्मेवारी राईमाथि हुनुपर्ने हो । यति ठूलो सरुवामा उनी बेखर भएको कुराले प्रहरी संगठनमा प्रश्न उठाएको छ । नेपालबहसले यस विषयमा राईसँग जानकारी माग्न खोज्दा सुरुमा उनले फोन उठाउन अस्वीकार गरे । उनले मोबाइलमा म्यासेज पठाउन भनेका थिए । उनको मोबाइलमा यस्तो विषय हो र यसबारे तपाइको भनाई लिन खोजेको भनेर म्यासेज पठाएपछि आफूले फोन फर्काएका थिए । निमित्त प्रमुख राईले नेपाल प्रहरीको सरुवामा जहिले पनि असन्तुष्टि हुने गरेको बताए । उनले आफूलाई नसोधिएको भन्ने विषयमा खुलाउन चाहेनन् । उनले भने, ‘नेपाल प्रहरीको सरुवा हो, यस्तै हुन्छ । असन्तुष्टि हुन्छन, कतिलाई मन नपरेको हुनसक्छ । यो प्रहरी महानिरीक्षकसँग सल्लाह भएरै भएको हो । तर, विवाद आयो, असन्तुष्टि आयो । सरुवा भइसक्यो । आज उनीहरुलाई सामान्य प्रशिक्षण दिएर खटाएको ठाउँमा जानुस भन्छु, यही हो मेरो कुरा ।’
यसबारे मानव स्रोत विकास विभागका प्रमुख एआईजी भीम ढकालले नेपालबहससँग कुरा गरे पनि नाम नराख्न आग्रह गरेका छन् । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार नै केही जिल्ला कार्यालयका प्रमुखसहित एसपी र डीएसपीको सरुवा भएको मानव स्रोत विकास विभागको आशय थियो । गृह मन्त्रालयमा गृहमन्त्री र आईजीपीसहित भएको छलफलमा सरुवाको लिष्ट तयार भएको बताइएकाे छ । तर, सरुवाको अन्तिम समय निमित्त प्रमुखलाई समेत जानकारी नदिनुले तयार भएको सरुवा लिष्टमा केही चलखेल भएको आशंका बढाएको हो ।
गृह स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकसँग सरुवाबारे छलफल भएपनि यसमा पछि आएर तलमाथि गरिएको छ । निमित्त आईजीपीलाई बाइपास गरी सरुवा निकालिएकाले थप शंका बढाएको हो । सोमबारको मिति राखेर सरुवा निकालिए पनि यो सरुवामा एक महिना अगाडि देखि चलखेल सुरु भएको थियो । नियम अनुसार उनीहरुको सरुवा पनि एक महिना अगाडि नै गर्नुपर्ने थियो । गृहमा सरुवाबारे छलफल हुँदा जिल्लामा एसपी र इलाका प्रहरी कार्यालयमा डीएसपी पठाउँदा उनीहरूको ट्रयाक रेकर्ड हेरेर मात्रै सरुवा गर्ने भनिएको थियो । गृहमन्त्री लेखकले ढिला भएपनि आईजीपी कुँवरलाई तपाई ग्रीसबाट फर्केपछि मात्रै सरुवाको सूची निकाल्नु भनेका थिए । तर, उनी नआउँदै सरुवा निस्कियो ।
यता, सहकारीका विषयमा पनि संसदीय समितिबाट कारबाहीका लागि सिफारिस भएकाहरूलाई तत्काल समातेर अनुसन्धान सुरु गर्न गृहमन्त्रीमाथि विभिन्न क्षेत्रबाट दवाव आइरहेका छन् । सडकमै आन्दोलन भइरहेका छन । रास्वपाका सभापति रवि लामिछानेका पक्ष र विपक्षमा दवावमूलक आन्दोलन सडकमा छन् । लामिछानेलाई प्रहरीले किन समाउँदैन, कहिले समात्ने भन्ने गृहमन्त्री माथि प्रश्न उठिरहेको छ । यता आन्दोलन छ, सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने अवस्था छ, तर आईजीपी विदेशमा छन्, गृहमन्त्रालयका एक अधिकारीले भने ‘ यो प्रकरणमा आईजीपीको गृहमन्त्रीलाई सहयोग देखिएन, असहयोग गरेको नै देखियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
गौतम अडानीमाथि लगाइएको आरोप अदानी समूहले खारेज गर्यो, भन्यो– यी आरोप निराधार छन्
मंसिर ६, २०८१ बिहिबार
बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको निधन
मंसिर ६, २०८१ बिहिबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
तोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
मंसिर ६, २०८१ बिहिबार