आइएमएफपछि एडीबीले भन्यो, नेपालको अर्थतन्त्र सुधारोन्मुख छ
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार १५:०:३८
९ असोज, काठमाडौं । नेपालका दुई सहयोगी संस्था अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) र एसियाली विकास बैंक (एडीबी) ले नेपालको अर्थतन्त्र सुधारको बाटोमा आएको बताएका छन । आइएमएफले मंगलबार नेपालको अर्थतन्त्रका विषयमा प्रक्षेपण गरेको थियो ।
बुधबार एडीबीले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सेप्टेम्बर महिनाको एसियन डेभलपमेन्ट आउटलुक प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएो हो । वैश्विक अर्थतन्त्रमा समस्यामा आएका नेपालको पर्यटन घट्ने र जलवायुसम्बन्धीका ठूला घटनाले पनि नेपालको अर्थतन्त्रमा चुनौती सिर्जना गर्नसक्ने एडीबीले जनाएको छ ।
यसअघि अप्रिलको आउटलुकमा एडीबीले नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने अनुमान गरेको थियो । दक्षिण एसियामा सबैभन्दा धेरै भारतको आर्थिक वृद्धिदर सात प्रतिशत रहने प्रक्षेपण एडीबीको छ । सबैभन्दा कम पाकिस्तानको २.४ प्रतिशत रहने अनुमान गरिएको छ ।
कृषि उत्पादनमा सुधार, उर्जा उत्पादनमा वृद्धि र पर्यटन आगमनमा वृद्धि लगायतले अर्थतन्त्र सुधारमा मद्दत गरेको एडीबीले जनाएको छ । मध्यपूर्वमा भूराजनीतिक तनावले द्वन्द्व बढेमा नेपालले पाउने रेमिट्यान्स घट्ने अर्थतन्त्रको चुनौती रहेको एडीबीले प्रतिवेदनमा उल्लेख गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार