उपभोक्ता मूल्य सूचकांकको आधार वर्ष परिवर्तन गर्दै राष्ट्र बैंक, अब प्रदेशस्तरीय आउने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार १६:१२:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/base-year_discussion_rastra-bank_wPBJUu1O8Y_hJb0mFsF87.jpg)
९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्ने भएको छ । यसअघि २०७१/७२ लाई आधार वर्ष मानेर गणना हुँदै आएको थियो । यो वर्षबाट २०८०÷८१ लाई नयाँ आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्ने भएको हो ।
राष्ट्र बैंकले हाउसहोल्ड बजेट सर्वेक्षण गर्ने गरेकोमा यो वर्ष केन्द्रीय तथ्याकं कार्यालयले गरेको नेपाल जीवनस्तर सर्वेक्षण र आधार मूल्यको तथ्यांक राष्ट्र बैंकले संकलन गरेको हो । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्र बैंकले नयाँ आधार वर्ष २०८०÷०८१ लाई बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने जानकारी दिएको छ ।
बैंकले उपभोगको प्रवृत्ति, मूल्य संकलन केन्द्र विस्तार गरी ७७ जिल्लाको ८७ मूल्य भार पाँच वर्षमा परिवर्तन हुनुपर्ने मान्यता अनुसार आधार वर्ष परिवर्तन गरिएको जनाएको छ । पहिले प्रयोग नहुने वस्तु प्रयोग हुने र विगतमा प्रयोग हुने वस्तु अहिले प्रयोग नहुँदा हटाउनुपर्ने कारण आधार वर्ष परिवर्तन भएको हो ।
राष्ट्र बैंकका उपनिर्देशक सुमन न्यौपानेका अनुसार १ लाख २ हजार भन्दा बढी मूल्यका भार अंकसहित औसत निकालेर उपभोक्ता मूल्य सूचकांक निकालिन्छ । ५ सय २५ वस्तु तथा सेवाको मूल्यका आधारमा नयाँ मूल्य सूचकांक निकालिएको छ । जसमा प्रत्येक साता ५९ वस्तु तथा सेवा मासिक ९४ वस्तु तथा सेवा र त्रैमासिक रूपमा ३ सय ७२ वस्तु तथा सेवाको मूल्य संकलन हुने भएको छ ।
नयाँ आधार वर्षसँगै अब प्रदेशस्तरीय मूल्य सूचकांक पनि सार्वजनिक हुने भएको छ । यसअघि राष्ट्र बैंकले प्रदेशस्तरीय सूचकांक सार्वजनिक गर्ने गरेको थिएन । राष्ट्र बैंकले उपभोगको प्रवृत्ति, मूल्य संकलन केन्द्र विस्तार गरी ७७ जिल्लाको ८७ मूल्यभार पाँच वर्षमा परिवर्तन हुनुपर्ने मान्यताअनुसार आधार वर्ष परिवर्तन गरेको बताएको छ ।
विगतमा प्रयोग नहुने वस्तु अहिले प्रयोग हुने र विगतमा प्रयोग हुने वस्तु अहिले नहुँदा हटाउनु परेका कारण आधार वर्ष परिवर्तन भएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । उनले परिवर्तन गर्न खाजेका कुराहरू अहिले नै पूर्ण नहुने भन्दै परिवर्तन निरन्तर चल्ने प्रक्रिया भएको बताए । उपभोक्ता मूल्य सूचकांकमा केही तलमाथि भए आगामी दिनमा सुधार गर्दै लैजाने पनि गभर्नर अधिकारीले बताए ।
गभर्नर अधिकारीले उपभोक्ता मूल्य सूचकांक मार्केट सेन्टरहरू बढेर गएका, ५० जिल्ला मात्रै समेटिएकोमा अहिले सबै जिल्ला समेटिएको बताए । उनले ४९६ वस्तुको मूल्य संकलन गरिने भए पनि अहिले ५२५ पुर्याइएको बताए । अधिकारीले उपभोक्ता मूल्य सूचकांक उपभोगको प्रवृत्ति भएको परिवर्तन र समयानुकूलका मूल्यहरूलाई पनि समावेश गराएर डाइनामिक बनाउन खोजिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
फागुन ४, २०८१ आइतबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
फागुन ३, २०८१ शनिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार