बेहुली हुँदाको अनुभवको कथा लेख्नुस पुरस्कार जित्नुस
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार १६:१६:११
९ असोज, काठमाडौं । असोज १७ गते घटस्थापनाबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’का निर्माताले फिल्मको प्रचार गर्न प्रतियोगिताको घोषणा गरेका छन् । फिल्मको थिमअनुसार बेहुली हुँदाको अनुभव लेखेर पठाउँदा आकर्षक पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ ।
फिल्मकी प्रमुख अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्काले बेहुली हुँदाको अनुभव रोचक शैलीमा लेखेर पठाउनेमध्ये उत्कृष्ट लेखकलाई प्रिमियरमा निमन्त्रणा, दुईवटा टिकट र आकर्षक पुरस्कार प्रदान गरिने जानकारी गराएकी छन् । उनका अनुसार असोज १० गतेदेखि कथा पठाउन सकिनेछ ।
फिल्ममा स्वस्तिमासहित निश्चल बस्नेत, बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, सिरु बिष्ट, आमिर गौतम, रक्षा थापा लगायतको पनि अभिनय छ ।
यसमा सजन काफ्ले र आकाश बरालको संयुक्त लेखन तथा निर्देशन छ । स्वस्तिमा र निश्चल दम्पतीको निर्माणमा बनेको फिल्मको कार्यकारी निर्माताहरुमा फिरोज खड्का र शंकर पाण्डे छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको नृत्य निर्देशन, जयन जे वाइवा र कुशल पोखरेलको संगीत तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहरर कमेडी ‘फिरफिरे फिरिरी’ छठ पर्वमा रिलिज हुने
असोज ७, २०८१ सोमबार
चलचित्र ‘एक्टर: टेक वन’ का तीन पोस्टर एकसाथ सार्वजनिक
असोज ६, २०८१ आइतबार
'मुभी लभर्स कम्युनिटी'ले 'आँखा'को विशेष प्रदर्शन गर्ने
असोज ३, २०८१ बिहिबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
छविको बयानः जीबीलाई फकाउँदै गोर्खा मिडियामा आएको सहकारीको पैसामा रविले रजगज गरे
असोज ९, २०८१ बुधबार
नेपाल प्रहरीका ४१ एसपीको सरूवा, को कहाँ ?
असोज ८, २०८१ मंगलबार
आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन
असोज ९, २०८१ बुधबार
आइसीसीको एकदिवसीय वारियतामा नेपाल एक स्थान तल झर्यो
असोज ९, २०८१ बुधबार
फिल्म भूल भुलैया-३ को सस्पेन्सले भरिएको पोष्टर सार्वजनिक
असोज ९, २०८१ बुधबार
दशैंमा दुई सय ५० खसीबोका बिक्री गर्दै किसान महिला
असोज ९, २०८१ बुधबार