प्रधानन्यायाधीश श्रेष्ठले संविधानको व्यवस्था विपरीत न्यायाधीश सिफारिस गर्न खोजेः नेपाल बार
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार १६:३७:९
९ असोज, काठमाडौं । नेपाल बार एसोसिएसनले अवकाशमा जान लागेको प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले संविधानको व्यवस्था विपरीत सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न खोजिरहेको आरोप लगाएको छ । न्यायपरिषद्ले संविधानको व्यवस्था विपरीत न्यायाधीश नियुक्ति सिफारिस गर्न लागेको भन्दै नेपाल बारले बुधवार विरोध जनाएको छ ।
नेपाल बार एसोसिएसनको कार्यालयमा बुधबार कानुन व्यवसायीहरूले राखेको विरोध कार्यक्रममा बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषदले न्यायाधीश नियुक्तिको सिफारिसका लागि बैठक बोलाउने निर्णय गरेको भन्दै त्यसको विरोधमा बाध्य भएर खबरदारी सभा लगायतका विरोधको कार्यक्रमलाई निरन्तरता दिइएको बताए । सेवा निवृत हुनै लागेका प्रधानन्यायाधीश श्रेष्ठले संविधानका व्यवस्था विपरीतको न्याय पारिषद् नियामावलीमा टेकेर नयाँ न्यायाधीश नियुक्त गर्न लागेको उनले बताए ।
न्यायपरिषद् नियमावलीका सम्बन्धमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको थियो । कार्यदलमा कुनै विषय नराखिकन न्याय परिषद्को बैठकबाट न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने असंवैधानिक कदम अघि बढाउने प्रयास गरेपछि बाध्य भएर निरन्तर रुपमा धर्नालगायतका विरोध प्रदर्शनका कार्यक्रम अघि बढाउने निर्णय लिनुपरेको अध्यक्ष घिमिरेले बताए ।
अध्यक्ष घिमिरेले बारका मागहरूलाई बेवास्ता गरिए थप आन्दोलन गर्ने बताए । यो असंवैधानिकताको विरोधमा नेपाल बार एसोसिएसनले लगातार कार्यक्रम गरिरहन्छ । हामी हुनसक्छ, त्यसरी न्यायाधीश नियुक्त गरियो भने ती न्यायाधीशहरूको बहिष्कारको कार्यक्रम पनि ल्याउन सक्छौं । भोलि पुनः धर्ना बस्छौं, उनले भने । नेपाल बारले न्याय परिषद्को बैठक बोलाएर संविधान विपरीतको नियमावलीको आधारमा नियुक्ति गर्न लागेकाले सर्वोच्चमा धर्ना दिने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार