नागरिकको सुरक्षालाई पहिलो प्राथमिकामा राखेर काम गर्न डिआइजी आचार्यको निर्देशन
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार २०:१९:५६
९ असोज, रौतहट । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले नागरिकको सुरक्षा नै पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । उनले जस्तोसुकै विषम परिस्थितिमा पनि नागरिकको सुरक्षामा कुनै कमी नगर्न निर्देशन दिएका छन् ।
प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलो पटक जिल्लातर्फ निक्लेका डीआईजी आचार्यले जिल्ला प्रहरी कार्यालय रौतहटको अनुगमन निरीक्षणपछि जिल्लाका सम्पूर्ण यूनिट प्रमुखहरुलाई उक्त निर्देशन दिएका हुन् । प्रहरी संगठनले अंगीकार गरेका नीति , कार्ययोजना तथा प्राथमिकताहरूलाई दृढताका साथ कार्यान्वयन गरि नतिजामुखी प्रहरी सेवा प्रवाह गर्न गराउन उनले निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कोठाको भेन्टिलेटर फोडेर थुनुवाहरु फरार भएको घटना स्मरण गर्दै डीआईजी आचार्यले हिरासतको अवस्था थुनुवाहरुको सुरक्षा लाई विशेष प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।
आउनै लागेको वडा दशैं, तिहार, छठ जस्ता चाडँ पर्वको समय शान्ति सुरक्षा कायम राख्न निर्देशन दिएका छन्। उनले दिपावलीको समय राजधानी काठमाडौं सम्म अवैध तरिकाले भारतबाट पटाखा जानेगरेको हुँदा सीमाक्षेत्र बाट पटखा ल्याउने काम पूर्ण नियन्त्रण गर्न निर्देशन दिए । सिंगो मधेश प्रदेश चोरी तस्करीमा बदनाम भएकाले त्यसको नियन्त्रणसंगै आपराधिक क्रियाकलाप न्यून गर्न कडाई साथ निर्देशन दिएको उनले बताए ।
निरीक्षणको क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले डीआईजी आचार्य समक्ष जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन र भइरहेका विविध गतिविधिहरू लगायतका विषयमा जानकारी गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसपी थापालाई बाहिर राखेर भैँसेपाटी प्रकरणमा ६ जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
मंसिर ५, २०८१ बुधबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
गौतम अडानीमाथि लगाइएको आरोप अदानी समूहले खारेज गर्यो, भन्यो- यी आरोप निराधार छन्
मंसिर ६, २०८१ बिहिबार
बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको निधन
मंसिर ६, २०८१ बिहिबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
तोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार