आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न बेलायतको आग्रह
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार २०:२६:१३
९ असोज, काठमाडौं । इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमणलाई तीब्र बनाएपछि बेलायतले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ । बेलायतका प्रधानमन्त्री केयर स्टाररले बढ्दो आक्रमणको अवस्थालाई ध्यानमा राख्दै आफ्ना नागरिकलाई लेबनान छोड्न अपिल गरेका छन् ।
साथै बेलायतको रक्षा मन्त्रालयले लेबनानबाट बेलायती नागरिकलाई बाहिर निकाल्न ७०० सैनिकको फौज पठाउने भएको छ । बेलायती सरकारले पनि नागरिकलाई लेबनान नजान सल्लाह दिएको छ । हाल करिब १० हजार बेलायती नागरिक लेबनानमा बस्दै आएका छन् । अष्ट्रेलिया, क्यानडा, फ्रान्स, जापान, साउदी अरेबिया, दक्षिण कोरिया र अमेरिकालगायत धेरै देशले पनि आफ्ना नागरिकहरूलाई लेबनान छोड्न आग्रह गरेका छन् ।
इजरायलका अनुसार बुधबार हिजबुल्लाहले तेलअवीवतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो, जसलाई रोक्न इजरायल सफल भएको थियो । हिजबुल्लाहले उत्तरी इजरायलमा दर्जनौं मिसाइल प्रहार गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण
असोज ९, २०८१ बुधबार
इरानबाट मेरो जीवन ‘ठूलो खतरा’ मा छ : ट्रम्प
असोज ९, २०८१ बुधबार
थाइल्याण्डको समलिङ्गी कानुनमा राजाको हस्ताक्षर, १२० दिनपछि लागु हुने
असोज ९, २०८१ बुधबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
विपद् व्यवस्थापनका लागि हातेमालो गरौँ : गृहमन्त्री लेखक
असोज ९, २०८१ बुधबार
न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय
असोज ९, २०८१ बुधबार
वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ
असोज ९, २०८१ बुधबार
मनाङमा फस्टाउँदै बेमौसमीखेती
असोज ९, २०८१ बुधबार