उपभोक्ता मूल्य सूचकाङ्क गणनाका आधार वर्ष फेरियो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार २१:३७:६
![](https://nepalbahas.prixacdn.net/media/albums/nepal-rastra-bank-122222_8_20_2017_6_03_19_80C0GdnvWS_t8ok1FCtEN.jpg)
९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले उपभोक्ता मूल्य सूचकाङ्क गणनाको आधार वर्ष फेरेको छ । आर्थिक वर्ष २०८०/८१ लाई आधार वर्ष मानेर राष्ट्र बैङ्कले आधार वर्ष फेरेको हो । नयाँ मूल्य सूचकाङ्कमा एक सय ३६ नयाँ वस्तु थपिएको छ । राष्ट्र बैङ्कले आज पत्रकार सम्मेलन गरेर नयाँ सूचकाङ्कअनुसार पाँच सय २५ वस्तु कायम रहने जानकारी गराएको हो । यसअघि राष्ट्रबैंकले आर्थिक वर्ष २०७०/७१ लाई आधार मानेर उपभोक्ता मूल्य सूचकाङ्क सार्वजनिक गर्दै आएको थियो ।
राष्ट्र बैङ्कको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा गुणाकर भट्टले नयाँ मूल्य सूचकाङ्कमा राष्ट्र बैङ्कको प्रयोगमा नआएका एक सय छ वस्तु हटाएर एक सय ३६ नयाँ वस्तु थप गरिएको जानकारी दिए । निर्देशक भट्टले भने, “यसअघि उपभोक्ता मूल्य सूचकाङ्कको बास्केटमा ४८० वस्तु रहेको थियो, अब नयाँ सूचकाङ्कमा ५२५ वस्तु कायम गरिएको छ ।” उनले अब कतिपय वस्तुहरूका समूहसमेत परिवर्तन गरिएको जानकारी दिए।
नयाँ मूल्य सूचकाङ्कले नेपालको मुद्रास्फीति थप अनुमानयोग्य हुने भन्दै उनले अनुसन्धानकर्ता तथा यसको प्रयोगकर्ताका लागि उपयोगी हुने दावी गरे । राष्ट्र बैङ्कले राष्ट्रिय तथ्याङ्क कार्यालय र त्रिभुवन विश्वविद्यालयको तथ्याङ्क विभागको सहयोगमा १० वर्षअगाडिको पुरानो सर्वेक्षणलाई हटाएर नयाँ मूल्य सूचकाङ्क सार्वजनिक गरौँ भनेको निर्देशक भट्टले बताए । नयाँ मूल्य सूचकाङ्क सार्वजनिक भएपछि तथ्याङ्कलाई थप पारदर्शी र यथार्थपरक बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीतिको तथ्याङ्क र बजारको महँगी मेल नखाने गरेको गुनासोलाई सम्बोधन गर्नका लागि नयाँ तथ्याङ्कले सहयोग गर्ने विश्वास व्यक्त गरे । “नेपाली बजारका वस्तुको मूल्यमा भएको परिवर्तन र राष्ट्र बैङ्कले सार्वजनिक गर्ने तथ्याङ्क नमिल्ने भन्ने गुनासो आउनु स्वाभाविक हो, कहिलेकाहीँ कुनै घटनाले तथ्याङ्कअनुसार मूल्य मिल्दैन,” उनले भने, “जस्तो केही कारण काठमाडौँ छिर्ने मालवाहक सवारी साधन रोकियो कुनै पनि सामानको मूल्य बढ्न गई त्यसको ‘रिफलेक्सन’ राष्ट्र बैङ्कको तथ्याङ्कमा देखिँदैन ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
फागुन ४, २०८१ आइतबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
फागुन ३, २०८१ शनिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार