राष्ट्रिय एकता प्रवर्द्धनमा खेल र सांस्कृतिक क्षेत्रको भूमिका महत्त्वपूर्ण : अध्यक्ष दाहाल
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार २२:१५:५०
९ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न खेल र सांस्कृतिक क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । अखिल नेपाल चेस एशोसियसनको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको ‘एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिता’को उद्घाटन गर्दै अध्यक्ष दाहालले राजनीति र विकास निर्माणपछि खेल र संस्कृतिलाई आफूले उच्च महत्त्व दिँदै आएको बताए ।
“मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएदेखि अहिलेसम्म राजनीति र विकास निर्माणपछि खेल र संस्कृतिमा विशेष ध्यान दिँदै आएको छु”– पूर्वप्रधानमन्त्री दाहालले भने, “खेलकुद राष्ट्रियता प्रवर्द्धन, विकास र समृद्धिको यात्रा सुरु गर्ने, अनुशासन र मर्यादा कायम गर्दै समाजलाई रुपान्तरणको दिशामा लैजान माध्यम हो ।”
आफूले संस्कृतिलाई राष्ट्रिय एकताको आधारका रुपमा लिएर नै पहिलो प्रधानमन्त्री हुँदा अक्षयकोष स्थापना गरेको र त्यसमा सरकारका तर्फबाट सहयोग गरेको उनले स्मरण गराए । खेल र संस्कृति यी दुवै क्षेत्र राष्ट्रियता प्रवर्द्धन, जनताको अनुसशासन र समाजको मर्यादा स्थापित गर्न महत्त्वपूर्ण क्षेत्र भएको उनले स्पष्ट गरे ।
खेलका विभिन्न विधाअन्तर्गत चेस पनि स्थापित बन्दै गएको उल्लेख गर्दै उहाँले यसबाट समय व्यवस्थापन र मानसिक तन्दुरुस्तीमा सहयोग पुग्ने बताए । जनयुद्धकालमा जनमुक्ति सेना र पूर्णकालीन कार्यकर्ताले खाली समय व्यतित गर्दै मानसिक तन्दुरुस्तीका लागि चेस खेललाई प्रयोग गर्ने गरेको स्मरण गर्दै अध्यक्ष दाहालले अहिले चेसको विकास गर्ने अभियानमा पूर्वजनमुक्ति सेनाको नेतृत्वदायी भूमिका रहेको देख्दा खुसी लागेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार