क्यानडाका प्रधानमन्त्री ट्रुडोविरुद्धको अविश्वास प्रस्ताव असफल
नेपालबहस संवाददाता
असोज १०, २०८१ बिहिबार ८:२:३३
१० असोज, काठमाडौं । क्यानडामा प्रधानमन्त्री जस्टिन ट्रुडोको सरकार आफैं विरुद्धको अविश्वासको प्रस्तावलाई पराजित गर्न सफल भएको छ । क्यानडाको संसदमा छलफलपछि ल्याइएको अविश्वासको प्रस्ताव २११ विरुद्ध १२० मतले पराजित भएको थियो । तर विपक्षी कन्जरभेटिभ सांसदहरूले मंगलबार फेरि एकपटक अविश्वास प्रस्ताव ल्याउने घोषणा गरेकाले ट्रुडोको समस्या आगामी दिनमा कम हुने देखिएको छैन ।
कन्जरभेटिभ सांसदहरूले ट्रुडोको सरकार बढ्दो मुद्रास्फीति, आवास संकट र व्यापक अपराध नियन्त्रण गर्न असफल भएको आरोप लगाएका छन् । पछिल्लो नौ वर्षमा ट्रुडोको लिबरल सरकारको लोकप्रियता घटेको विभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् ।
टोरी नेता पियरे पोइलिभ्रे ओपिनियन पोलमा धेरै अगाडि देखिन्छन् र उनले देशमा तत्काल चुनाव चाहन्छन् । वामपन्थी न्यू डेमोक्रेटिक पार्टीले यस महिनाको सुरुमा लिबरलसँगको गठबन्धन तोडेको थियो । यसले ट्रुडो सरकारलाई कमजोर बनाएको छ । पोइलिभ्रेले ट्रुडोको सरकार हरेक मोर्चामा असफल भएको बताउँदै मुलुकमा मुद्रास्फीति बढ्दै गएको र आवास संकट गहिरिँदै गएको तथा देशको ऋण दोब्बर भएको बताएका छन् ।
यस महिनाको सुरुमा क्यानडाको वामपन्थी न्यू डेमोक्र्याटिक पार्टी वा एनडीपीले ट्रुडो सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । एनडीपीले विगत साढे दुई वर्षदेखि ट्रुडो सरकारलाई समर्थन गर्दै आएको थियो, जसको कारण ट्रुडो सत्तामा रहिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
गरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
सोमबार सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
पुष १, २०८१ सोमबार
वसन्तपुर दरबार स्क्वायरमा राष्ट्रिय झण्डा दिवस मनाइयो
पुष १, २०८१ सोमबार
खोलामा तरकारी खेती
पुष १, २०८१ सोमबार
सानेपामा कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक
पुष १, २०८१ सोमबार