ओली निकट रहेका नेताहरु ‘यौन’ विवादमा, पार्टी र मनोरञ्जन मध्ये एक रोज्न पाँच बुँदे चेतावनी
नेपालबहस संवाददाता
असोज १०, २०८१ बिहिबार ११:१०:५४
१० असोज, काठमाडौं । एमालेको हरेक तहले मिसन ०८४ को अभियान थालिरहेको बेला केन्द्रीय नेताहरु भने एकपछि अर्को विवादमा आएका छन् । केन्द्रीय नेताहरु विवादमा आउन थालेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले भदौको मध्यतिर (१८–१९ गते) भएको पोलिटब्युरो बैठकमा मनोरञ्जन कि पार्टी रोज्न चेतावनी समेत दिएका थिए ।
तर पनि एमालेका नेताहरूको मनोरञ्जनात्मक तस्वीर र भिडियोहरू सार्वजनिक हुन थालेका छन् । पछिल्लो दुई वर्ष यता एमालेका प्रतिभाशाली नेताहरु नै मनोरञ्जनमा लागेका तस्वीर र भिडियो क्लिपहरू बाहिर आएका छन् ।
नेकपा (एमाले) प्रतिनिधिसभाका सचेतक एवं केन्द्रीय सदस्य सुनिता बरालको नैतिक आचरणमाथि प्रश्न उठ्ने गरी केही दिनयता सामाजिक सञ्जालमा एउटा तस्वीरलाई भिडियो बनाएर सार्वजनिक गरियो । यो भिडियोबारे उनले केही बताएकी छैनन् । सो तस्वीर कसले खिचेको र त्यसलाई भिडियो कसले बनाएको हो भन्ने बारेमा केही खुलेको छैन ।
अखिलको अध्यक्ष भएदेखि नै पछाडि फर्केर हेर्नु नपरेकी सुनितालाई यो तस्वीरले खास असर नगरेपनि उनको प्रेमी सार्वजनिक नहुँदासम्म भने बाहिरी दुनियाँमा उनलाई हेर्ने दृष्टिकोणमा भने फरक आउने राजनीतिकर्मीहरू बताउँछन् ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १८–१९ बसेको पोलिटब्युरो बैठकमा नेता–कार्यकर्तालाई पार्टी वा मनोरञ्जनमध्ये एउटा रोज्न निर्देशन दिएका थिए । यतिबेला पार्टीका ओली निकट रहेकै नेताहरूको ‘भल्गर’ भिडियो र तस्वीरहरु तथा अश्लील आवाजहरू बाहिर आएका छन् ।
पोलिटब्युरो बैठकमा नै नेताहरूले केही नेताहरूको सांस्कृतिक र आर्थिक विचलनका कारण पार्टी र कार्यकर्तालाई अप्ठेरो अवस्था आएको धारणा राखेका थिए । सांस्कृतिक र आर्थिक विचलनको आरोप लागेका नेताहरूका बारेमा प्रस्ट धारणा बनाउनुपर्ने, कारबाही गर्ने हो कि सचेत गराउने हो, समयमा नै गर्नुपर्ने भनाई बैठकमा नेताहरूले भनेका थिए । पार्टी नेताहरूका सांस्कृतिक विचलन झल्किने एकपछि अर्को अडियो–भिडियो बाहिरिन थालेपछि कार्यकर्ताहरूले समेत प्रश्न उठाउन थालेका छन् । अध्यक्ष ओलीलगायत शीर्ष नेताकै वरपरका नेताहरू त्यस्तो विवादमा परिरहेका छन् । केन्द्रदेखि प्रदेश र स्थानीय तहका नेताहरूमा पनि त्यस्तो विचलन देखिन थालेपछि नियन्त्रणका लागि एमालेले केही दिनअघि पाँच बुँदे छुट्टै आचारसंहिता लागू गरेको छ ।
सो आचारसंहितामा आर्थिक अनियमितता, भ्रष्टाचार र नैतिक आचरणका आरोपी स्वयंले आफूमाथि लागेको आरोपका सत्य तथ्यका बारेमा पहिलो जानकारी पार्टीलाई गराउने प्रणाली विकास गर्ने उल्लेख छ । ‘पार्टी तथा जनसंगठनका विभिन्न तहका नेता तथा कार्यकर्ता, जनप्रतिनिधिहरू र पार्टीको तर्फबाट राजकीय तथा सार्वजनिक ओहदामा रहेका व्यक्तिहरूका विषयमा उठेका आर्थिक, नैतिक र चारित्रिक प्रश्नहरूमा प्रश्नको प्रकृति हेरी पार्टीको तर्फबाट तत्काल अध्ययन गरी सोसम्बन्धी धारणा सार्वजनिक गर्ने ।’ आचारसंहितामा भनिएको छ, ‘राजनीतिक रूपमा प्रतिशोध साँध्न लगाइने झुट्टा आरोप र अफवाहको पार्टीले प्रतिवाद गर्ने । मुद्दाको प्रकृति हेरी मुद्दा चलाइएकाहरूले कानुन बमोजिमको छानबिनमा राज्यका निकायहरूलाई सहयोग गर्ने । फैसला नभएसम्म बहाल रहेको पदबाट निलम्बन गर्ने, दोषी ठहरिएमा मात्र पदमुक्त गर्ने ।’ एमालेले पाँच बुँदे आचारसंहिता मात्र होइन, गत पोलिटब्युरो बैठकमा महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको प्रस्तावमा पनि आर्थिक आचरण र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्न खोज्ने विकृति हुर्किँदै गएको उल्लेख गरेका छन् ।
‘आर्थिक आचरण र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्न खोज्ने विकृतिले नेता, कार्यकर्ता र समग्र पार्टीलाई जनताबाट अलग गर्ने खतरा पैदा भएको छ । हामीले आर्थिक–सामाजिक क्रियाकलाप, यौन आचरण र नैतिक दृष्टिले गल्ती गर्नेहरूका सन्दर्भमा अनावश्यक उदारता या उदासीनता देखाउँदा र यसलाई सम्बन्धित कमिटीमा छलफलको कार्यसूची र कारबाहीको विषय नबनाउँदा त्यस्तो प्रवृत्ति प्रोत्साहित हुन पुगेको छ ।’ महासचिव पोखरेलको प्रतिवेदनमा भनिएको छ ।
२०७८ सालमा एमालेका तत्कालीन सांसद तथा पोलिटब्युरो सदस्य मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका थिए । बानियाँ विरुद्ध एक महिलाले बलात्कारको आरोपसहित बाँके प्रहरीमा जाहेरी दिएकी थिइन् । बानियाँ ५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । तर, उनको मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ । तर, उनी पार्टी नेताकै रूपमा एमालेको मुगु जिल्ला इन्चार्ज थिए । उनी लोकप्रिय नेतामा पर्थे । एमाले पोलिटब्युरो सदस्य, पूर्वमन्त्री तथा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतविरुद्ध संगठनकी पूर्वकेन्द्रीय सदस्य शोभा पाठकले बलात्कार भ्रुणहत्याको अभियोगमा जाहेरी दिएकी थिइन् । तर, प्रमाण पु¥याउन नसकेको भन्दै प्रहरीले मुद्दा दर्ता गरेन । सामाजिक सञ्जालमा चरित्रहत्या गरेको भन्दै नेता बस्नेतले साइबर ब्यूरोमा उजुरी दिएपछि शोभा पक्राउ परिन् । यसले बस्नेतको उदाउँदो छविमा असर गरेको छ भने राजनीतिक रुपमा प्रतिरक्षामा परेका छन् ।
एमालेका अर्का केन्द्रीय सदस्य ऐन महर पनि अनैतिक सम्बन्धको अडियो संवाद बाहिरिएपछि विवादमा परेका छन् । गत वर्ष एमालेको मध्यपहाडी संकल्प यात्रा चलिरहेको बेला उक्त काण्डको अडियो बाहिर आएको थियो । त्यस्तै, एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहको पहिले रोमान्सको टिकटक भिडियो सार्वजनिक भयो, पछि यौन हिंसाको उजुरी पार्टीमा आयो । शाहले आफूलाई पटक–पटक यौन उत्पीडन गरेको भन्दै पार्टीमै क्रियाशील एक महिलाले अध्यक्ष ओलीलाई नै सम्बोधन गरेर पार्टी कार्यालयमा उजुरी दिएकी थिइन् । एमालेका तत्कालीन जुम्ला जिल्ला उपाध्यक्ष सुरत शाहीले भतिजी नाता पर्ने १७ वर्षीया बालिकालाई बारम्बार यौन प्रस्ताव राखेको अडियो बहिरिएको थियो । अडियो सार्वजनिक भएपछि उनी पाँच महिना फरार भए । पछि प्रहरीले पक्राउ गरेको थियो । अदालतले उनलाई धरौटीमा छाडेको छ । उनको मुद्दा अहिले विचाराधीन छ । विगतमा दुई महिलाबाट यौन दुराचारको आरोप लगाइएका केशव स्थापितलाई नेकपा (एमाले)ले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनाएपछि यौन हिंसाका मुद्दामा एमाले कमजोर देखिएको थियो ।
नेकपा एमालेभित्र यौन दुराचारी र पापाचारीको बिगबिगी कुन हदसम्म बढेको छ भन्नेबारे एमालेकै पूर्वमहासचिव एवं हाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बेलाबखत बोल्ने गरेका छन् । त्यतिबेला नेपालले ओली गुटमा रहेका नेता कार्यकर्तातर्फ लक्षित गर्दै भनेका थिए, ‘दुई नम्बरी काम गरेको छ, आचरण खराब छ । अर्काकी श्रीमती ताकेको छ । शहिदकी श्रीमती ताकेको छ । बोलीमा मिठास छैन । उदण्डता मात्र छ, केही कुरामा विनम्रता छैन ।’ अहिले ओली निकट रहेकै नेताहरूको यौन काण्ड बाहिर आएपछि नेपालको भनाई सही सावित भएको छ । एमालेभित्र रहेका शेरधन राई, कृपाशुर शेर्पा लगायतका केही नेताहरूको बारेमा पनि बेलाबखत यौन काण्डका प्रकरणहरु बाहिर आउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबार र बेञ्चको विवादः कात्तिक १ गते कसरी समाधान निस्कन्छ ?
असोज २४, २०८१ बिहिबार
उर्जामन्त्रीको विवादित होटल उद्घाटनमा प्रधानमन्त्रीदेखि कांग्रेस सभापतिसम्म
असोज २४, २०८१ बिहिबार
नख्खुमा हेलिकोप्टर पुर्याउन नसक्नेहरु अनुगमनको नाममा राज्यकोषको दोहोन गर्दै
असोज २३, २०८१ बुधबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
असोज २८, २०८१ सोमबार
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
असोज २८, २०८१ सोमबार
चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिए
असोज २८, २०८१ सोमबार
पौडी खेल्ने क्रममा बेपता बालिका मृत फेला
असोज २८, २०८१ सोमबार
सिनेमा हलको विकल्प खोज्ने निश्चल बस्नेतको चेतावनी
असोज २८, २०८१ सोमबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
असोज २८, २०८१ सोमबार
भक्तपुरमा दुई दिने नेपालभाषा साहित्य सम्मेलन सुरु
असोज २८, २०८१ सोमबार
तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान
असोज २८, २०८१ सोमबार