पुरानै निवेदकलाई अवसर दिएर धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया सुरु, १८ गते अन्तर्वार्ता
नेपालबहस संवाददाता
असोज १०, २०८१ बिहिबार ११:११:२२
१० असोज, काठमाडौं । सरकारले पुराना निवेदकलाई नै मौका दिएर नेपाल धितो पत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया सुरु गरेको छ । यसअघि सर्टलिस्टमा परेका तर अन्तर्वार्ता तथा कार्य प्रस्तुतिमा सहभागी नभएका तीन जना उम्मेदवारलाई फेरि कार्य प्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाइएको छ ।
बोर्डको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले पुनः सूचना निकालेर असोज १८ गते बिहान ८ बजे अन्तर्वार्ताका लागि बोलाएको छ । यसअघि नेप्सेका प्रमुख कार्यकारी कृष्णबहादुर कार्की, धितो पत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल बिमा प्राधिकरणका अध्यक्ष चिरञ्जीवी चापागाईंलाई बोलाइएको हो । उनीहरुले दुई पटकसम्म व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता अस्वीकार गरेका थिए ।
यसअघि सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले मात्र व्यावसायिक कार्ययोजनाकाे प्रस्तुतीकरण र अन्तर्वार्ता दिएका थिए । प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले प्रक्रिया रद्द गरेर नयाँ प्रक्रिया थाल्न समितिलाई निर्देशन दिएको थियो । यसपछि सरकार परिवर्तन भएसँगै सन्तोषनारायणले सर्वाेच्च अदालतमा रिट निवेदन दिएका थिए ।
सर्वाेच्चले सरकारलाई यो प्रक्रिया रद्द नगर्न र अहिलेको प्रक्रिया अनुसार नै बोर्डको अध्यक्ष नियुक्ति गर्न अन्तरिम आदेश दिएको थियो । यहीअनुसार सर्ट लिस्टमा परेका पाँच जना मध्यबाट नै अध्यक्ष छनोट गर्न समितिले काम सुरु गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
तीन अंकले बढेर २६३३ विन्दुमा बन्द भयो नेप्से, ४ अर्ब ३४ करोडका शेयर खरिदबिक्री
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार