जिओमेटले दशैं अफरमा १ हजार वटा रात्रि बसहरूलाई निःशुल्क जीपीएस उपकरण दिने
नेपालबहस संवाददाता
असोज १०, २०८१ बिहिबार १२:०:४१
१० असोज, काठमाडौं । नेपाली यात्रुहरूको सुरक्षालाई अझ सुदृढ र प्रभावकारी बनाउँन टेलिमेटिक्स टेकले दशैंको विशेष उपहारस्वरूप लामो दूरीका रात्री बसहरूमा निःशुल्क जीपीएस उपकरण वितरण गर्ने योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गतुफर्स्ट कम, फर्स्ट सर्भु आधारमा १ हजार वटा लामो दूरीका रात्रि बसहरूमा जीपीएस प्रणाली निःशुल्क जडान गरिने कम्पनीका संस्थापक आतिस गैरेले बताए।
'विशेषगरी दशैंजस्तो चाडपर्वमा जब लाखौँ नेपालीहरू लामो दूरीको यात्रा गरेर आफ्ना परिवार र गाउँघर फर्किन्छन्, बस सञ्चालकहरूका लागि यात्रुको यात्रालाई सुरक्षित बनाउनु अत्यन्त जरुरी हुन्छ,' जियोमेटका संस्थापकले गैरेले भने। 'हामीले वितरण गर्ने यो जीपीएस उपकरण बस सञ्चालकहरूको लागि हो, जसले बसको हरेक गतिविधि वास्तविक समयमा ट्र्याक गर्न मद्दत पुर्याउनेछ। यसले बस कम्पनीलाई तत्कालको बसको वास्तविक अवस्थित र सञ्चालनबारे जानकारी दिनेछ। यसले यात्रुको यात्रा अनुभवलाई अझ आरामदायी बनाउने विश्वास लिएका छौ।'
जियोमेटको जीपीएस प्रणाली मुख्यतः बस सञ्चालकहरूको लागि उपयोगी छ। यसले बसलाई वास्तविक समयमा ट्र्याक गर्न मद्दत गर्छ, जसले बस अहिले कहाँ छ, कति गतिमा गुडिरहेको छ र कुन रुटमा चलिरहेको छ भन्ने जानकारी दिन्छ ।
यो प्रणालीले बस सञ्चालकहरूलाई सर्भिसिङको सही समय पहिचान गर्न र इन्धनको खपतको अनुगमन गर्न सहयोग गर्छ, जसले बसको दीर्घकालीन सञ्चालनलाई अझ व्यवस्थित बनाउँछ। साथै, बस सञ्चालकहरूले जहाँबाट पनि मोबाइल वा कम्प्युटरमार्फत आफ्ना बसहरूको अवस्थित हेर्न सक्छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
पुष ११, २०८१ बिहिबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
कार्यापालिकाको नियमित बैठक किराँत ऐतिहासिकस्थल केपिलासगढीमा
पुष १२, २०८१ शुक्रबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार
उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
पुष १२, २०८१ शुक्रबार
हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
पुष १२, २०८१ शुक्रबार
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
पुष १२, २०८१ शुक्रबार