महालेखा नियन्त्रकको कार्यालयद्वारा लेखातर्फका २६ जना उपसचिवको सरुवा (सूचीसहित)
नेपालबहस संवाददाता
असोज १०, २०८१ बिहिबार १२:२६:४७
१० असोज, काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले लेखातर्फका २६ जना उपसचिवको सरुवा गरको छ । कार्यालयले विभिन्न मन्त्रालय, विभाग, आयोग तथा कार्यालयहरुमा नयाँ उपसचिवहरु खटाएको छ । लेखातर्फको उपसचिवसहित उपमहालेखा नियन्त्रक र प्रमुख कोष नियन्त्रकहरुको पनि सरुवा भएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार भगवान प्रसाद उप्रेती, प्रेम चन्द्र भुसाल, भुवन प्रसाद काफ्ले, नारायण प्रसाद दाहाल, ओम कुमारी पोखरेल, विनोद गेलाल, रुद्र प्रसाद भट्ट, गोरखाबहादुर शाही, कृष्ण पुडासैनी, भोजराज पौडेल, मुन कुमार केसी, यज्ञ प्रसाद ढकाल, सुनिता सुवेदी, भीम प्रसाद देवकोटा, गणेश प्रसाद चालिसे, यज्ञराज उप्रेती, रुपेश जंग थापा मगर, रोमाकान्त काफ्लेको सरुवा भएको छ ।
यस्तै कार्यालयले उपसचिवहरु याम प्रसाद ढुंगाना, भूमिराज भुसाल, शिवराम भट्टराई, युवराज आचार्य, जनार्दन बडाल, महेश कुमार दाहाल, बालकृष्ण अर्याल, भाष्कर शर्मा नेपालको सरुवा गरेको छ । लेखा समूहका कर्मचारीको सरुवा व्यवस्थापन महालेखाले नै गर्ने गर्छ ।
निजामती सेवा नियमावलीअनुसार कर्मचारीहरुलाई सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ मसान्तभित्रमा सरुवा गरिसक्नुपर्छ । मन्त्रालय वा मन्त्रालयस्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज १ गतेदेखि असोज १५ गतेभित्रमा सरुवा गर्नुपर्ने नियम छ ।
त्यसकै आधारमा क्षेत्रीय (प्रदेश) स्तरका निकायहरुले प्रत्येक वर्षको असोज १६ गतेदेखि असोज मसान्तभित्र सरुवाको निर्णय गर्नुपर्ने हुन्छ । तालिकाबाहेकको समयमा सरुवा गर्नु परेमा सामान्य प्रशासन मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदारमात्रै बनायोः महासचिव पोखरेल
पुष १५, २०८१ सोमबार
हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध, यात्रु सडकमै अलपत्र
पुष १५, २०८१ सोमबार
काठमाडौंको टुडिँखेलमा तमु ल्होसार (फोटो फिचर)
पुष १५, २०८१ सोमबार
फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई
पुष १५, २०८१ सोमबार
वीरगन्जमा मालबाहक ट्रकबाट १६० केजी गाँजासहित दुई जना पक्राउ
पुष १५, २०८१ सोमबार