३० लाख लिएर बलात्कार मुद्दामा फसाउन खोजेको आरोपमा भैंसेपाटीकी इन्चार्ज शाहीमाथि कारवाही सुरु
नेपालबहस संवाददाता
असोज १०, २०८१ बिहिबार १३:१४:२९
१० असोज, काठमाडौं । एक व्यवसायीबाट ३० लाख रकम लिएर उसैलाई बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने धम्की दिएको आरोपमा प्रहरी प्रभाग भैंसेपाटीकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीमाथि कारवाही सुरु गरिएको छ । उनको जिम्मेवारी खोसिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
उनीमाथि थप छानबिन गर्न तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरिएको हो । शाहीमाथि एक जना व्यक्तिलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोपपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन गर्न समिति गठन गरेर कारवाही सुरु गरेको हो । जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिइएको छ ।
समितिलाई यथाशक्य प्रतिवेदन बुझाउन भनिएको छ । यस घटनामा अन्य दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताइएको छ । शाहीमाथि आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान भइरहेको छ । यो अनियमिततामा प्रहरी निरीक्षकको संलग्नता भएका आधारहरू देखिएकाले तत्काल निलम्बनको लागि सिफारिस गरिएकाे छ ।
प्रहरीका अनुसार ललितपुरको प्रहरी प्रभाग भैँसेपाटी (बुङमती)मा मोरङ घर भएका एक व्यापारीलाई थुनामा राखी ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको थियो । ललितपुर प्रहरीले हनी ट्रयापिङमा संलग्न एक युवती र एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको छ । यसमा भैँसेपाटी प्रभागकी प्रमुख रहेकी इन्स्पेक्टर बिनुकुमारी शाहीमाथि समेत छानबिन अघि बढाउनुपर्ने देखिएकाे छ ।
अनुसन्धानमा खटिएका अधिकारीहरूका अनुसार भेट्न बोलाएकी युवतीले ६० लाख रुपैयाँ मागेको र पछि ३० लाख रुपैयाँमा मिलेको थियो । ती व्यापारी युवतीसँग घुम्न गएकाले आफू फस्न सक्ने डरले पैसा बुझाउन तयार भएको देखिएको छ । लेनदेनको बार्गेनिङ प्रहरी अधिकारीकै अगाडि भएको प्रारम्भिक छानबिनले देखाएको छ । प्रारम्भिक छानबिनमा प्रभागकी इन्स्पेक्टर शाहीको भूमिका शंकास्पद देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसपी थापालाई बाहिर राखेर भैँसेपाटी प्रकरणमा ६ जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
मंसिर ५, २०८१ बुधबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार