३२.८१ अंकले नेप्सेमा गिरावट, ४ अर्ब ८४ करोडको शेयर खरिदबिक्री
नेपालबहस संवाददाता
असोज १०, २०८१ बिहिबार १५:४९:१३
१० असोज, काठमाडौं । शेयरबजार साताको अन्तिम कारोबारको दिन पनि ३२.८१ अंकले घटेको छ । बिहीबार बजार मापक २४८६.७६ विन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको कारोबार हुँदा एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७२० को खरिदबिक्री भएको छ ।
नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्तको शेयर मूल्यमा सबै भन्दा बढी ९.८५ प्रतिशतले बढेको छ । त्यस्तै, आज ग्रीन भेन्चर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज अपि पावरको सबै भन्दा बढी ४७ करोड ९९ लाख ६७ हजार २२४ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै अपि पावरकै शेयरको सबैभन्दा बढी १६ लाख ६८ हजार ३७४ कित्ता शेयर कारोबार भएको छ ।
आज ३९ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको घटेको छ । यस दिन चार अर्ब ८४ करोड १४ लाख सात हजार ७२० रुपैयाँ बराबरको एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता सेयर खरिद बिक्री भएको छ ।
बजार घटे पनि विन नेपाल लघुवित्त, बोतलर्स नेपाल (बालाजु) एसबीएल डिबेन्चर, एनआईसी एसिया डिबेन्चर, एनएमबि डिबेन्चर लगायतको सेयर मूल्य उच्च कमाउने कम्पनीमा परे । उपसमूह सूचकतर्फ म्यानिफ्यक्चरिङ एण्ड प्रोसेसिङ इन्डेक्स ०.३० अंक तथा टे«डिङ इन्डेक्स ३५.१५ अंकले बढ्दा बाँकी समूह सूचक राताम्मे देखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२७ सयमाथि पुगेको नेप्से फेरी झरेर २६९० अंकमा रोकियो, ७ अर्बको कारोबार
असोज २१, २०८१ सोमबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
असोज २८, २०८१ सोमबार
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
असोज २८, २०८१ सोमबार
चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिए
असोज २८, २०८१ सोमबार
पौडी खेल्ने क्रममा बेपता बालिका मृत फेला
असोज २८, २०८१ सोमबार
सिनेमा हलको विकल्प खोज्ने निश्चल बस्नेतको चेतावनी
असोज २८, २०८१ सोमबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
असोज २८, २०८१ सोमबार
भक्तपुरमा दुई दिने नेपालभाषा साहित्य सम्मेलन सुरु
असोज २८, २०८१ सोमबार
तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान
असोज २८, २०८१ सोमबार