सांस्कृतिक कार्यक्रममा योगदान गर्ने सम्मानित
नेपालबहस संवाददाता
असोज १०, २०८१ बिहिबार १६:५२:२७
१० असोज, काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा यही असोज ३ गते राजधानीमा आयोजित ‘नेशनल डे कन्सर्ट’मा योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज धरहरा परिसरमा एक समारोहबीच कन्सर्ट सफल बनाउन सहयोग गर्ने कलाकार, समाजसेवी, खेलाडी, साहित्यकारलागायतलाई सम्मान गरेको हो । कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा. कृष्णहरि पुस्करले संविधान दिवसका अवसरमा नागरिक स्तरबाटै कार्यक्रम गरिनु र व्यापक जनसहभागिताले यसलाई थप सफल र सार्थक बनाएको बताए । उनले कार्यक्रममा योगदान दिने सबैलाई धन्यवाद दिँदै देशको प्रगति र समृद्धिमा कला, साहित्य, खेलकुद, र समाजसेवाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
सम्मानित हुनेहरूमा कलाकार, समाजसेवी, खेलाडी, व्यापारी, साहित्यकारलगायत रहेका छन् । सो अवसरमा हास्यकलाकार केदार घिमिरेले सम्मानले देशप्रतिको जिम्मेवारी अझ थपिएको उल्लेख गरे । ‘नेशनल डे कन्सर्ट’का लागि नागरिकस्तरबाट १५० जनाको विशेष समिति गठन गरिएको थियो । समितिमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार