दर्शकहरुलाई हसाउँदै समाज प्रति सोच्न बाध्य पार्ने उद्देश्यका साथ 'मह जात्रा' हुँदै
नेपालबहस संवाददाता
असोज १०, २०८१ बिहिबार १७:५:३१
१० असोज, काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी, जसलाई नेपाली हास्य क्षेत्रमा 'मह जोडी' भनेर चिनिन्छ, पाँच दशक भन्दा बढी समय विभिन्न माध्यम बाट मनोरञ्जन क्षेत्रमा आम नेपाली दर्शक लाई हास्य व्यंग्य मार्फत हसाउदै आउनुभएको मह जोडीले नेपालमा दश वर्षपछि मिरा फउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ पुनः एकपटक 'मह जात्रा' नामक प्रहसन मार्फत आफ्नो प्रत्यक्ष प्रस्तुति दिने घोषणा गरेका छन् ।
प्रहसनमा नेपालका ख्याति प्राप्त वरिष्ठ हास्य व्यंग्य कलाकारहरू किरण के.सी., राजाराम पौडेल, शिवहरि पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिमखडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, बिभुषा बस्नेत लगायतको प्रस्तुति रहनेछ ।
यस प्रहसनको मुख्य विशेषता हास्य व्यंग्यको माध्यमबाट समाजमा रहेका समसामयिक समस्याहरू र विविध मुद्दाहरुलाई उजागर गर्नु हो। नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना, तथा सांस्कृतिक कुरितीहरुलाई व्यंग्यको माध्यमबाट प्रस्तुत गर्ने यो प्रस्तुति मह जोडीको अद्वितीय शैलीमा हुनेछ।
दश वर्षको लामो अन्तरालपछि फेरि एकसाथ मंचमा आउने मह जोडीले आफ्नो पुरानो शैलीको हास्य व्यंग्य लाई फेरि जीवन्त बनाउन र नेपाली दर्शकहरुलाई हसाउँदै पहसनमा प्रस्तुत विषयवस्तुमा सोच्न बाध्य पार्ने उद्देश्य लिएको छ। यस प्रहसनमा हास्य र सन्देशको मिश्रण हुनेछ, जसले दर्शकहरुलाई हसाउने मात्र होइन, समाजप्रतिको धारणा परिवर्तन गर्ने प्रयास पनि गर्नेछ।
यो प्रहसन नेपाली समाजमा हालैका वर्षहरूमा भएका विभिन्न राजनीतिक, सामाजिक र सांस्कृतिक घटनाहरूको आलोचनात्मक दृष्टिकोण हुनेछ, जसले गर्दा दर्शकहरुलाई हाँस्दै सोच्न बाध्य बनाउनेछ।
'मह जात्रा' मह संचार र सुश्री मिडिया प्रा.ली. को सहकार्यमा कात्तिक २२ गते देखी नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ भने प्रहशनको टिकट खल्ती एप मार्फत खरिद गर्न सकिनेछ । 'मह जात्रा' नेपाली हास्य व्यंग्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३२ वर्षपछि पनि उत्तिकै लोकप्रिय ‘कन्दरा’
कात्तिक २६, २०८१ सोमबार
चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले बनायो सर्वाधिक ‘शो’ को कीर्तिमान
कात्तिक २२, २०८१ बिहिबार
चर्चित नायिका स्वस्तिमा खड्का बनिन् ‘फेस अफ कर्णाली याक्स’
कात्तिक २२, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
मंसिरका लागि वाणिज्य बैंकहरुको निक्षेप र व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याजदर घट्यो
कात्तिक ३०, २०८१ शुक्रबार
संघीय सरकारलाई महानगरको फोहोरमाथि राजनीति नगर्न मेयर बालेनको चेतावनी
कात्तिक ३०, २०८१ शुक्रबार
कास्कीबाट रुपन्देही लगिएका रवि लामिछानेसँग २३ घण्टा बयान लिइयो, ७४ प्रश्न सोधिए
कात्तिक ३०, २०८१ शुक्रबार
बाकुमा आयोजित जलवायुसम्बन्धी सम्मेलनमा सहभागी भएर नेपाल फर्किए राष्ट्रपति पौडेल
कात्तिक ३०, २०८१ शुक्रबार
दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
कात्तिक ३०, २०८१ शुक्रबार
दार्चुला जिप दुर्घटनामा मृतकको संख्या ८ पुग्यो
कात्तिक ३०, २०८१ शुक्रबार