सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
नेपालबहस संवाददाता
असोज १०, २०८१ बिहिबार १८:९:१
९ असोज, काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले असोज १३ गते आइतबार दिनको २ बजेका लागि आफ्नो निजी निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।
आगामी मङ्सिर १६ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने प्रयोजनका लागि बैठक बोलाइएको बताइएको छ । बैठकमा कांग्रेसले दशैँको कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रमको विषयमा पनि छलफल र निर्णय हुने बुझिएको छ ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी बाहेक केन्द्रीय समितिबाट चुनिएका ३१ सदस्य हुने गर्दछन् । केन्द्रीय समिति बैठक नभएको बेला कार्यसम्पादन समितिले पार्टीका महत्वपूर्ण निर्णय लिने गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : अध्यक्ष नेपाल
माघ १९, २०८१ शनिबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
माघ २०, २०८१ आइतबार
अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण
माघ २०, २०८१ आइतबार
अरुण पूर्वका ९ जिल्लामा बन्दको प्रभावः यातायातका साधन ठप्प
माघ २०, २०८१ आइतबार
गुल्मीमा ट्रयाक्टर दुर्घटना, सहचालकको मृत्यु
माघ २०, २०८१ आइतबार
महोत्तरीको जलेश्वर कारागारमा एकजना कैदीको मृत्यु
माघ २०, २०८१ आइतबार
आज विश्व सिमसार दिवस मनाइँदै
माघ २०, २०८१ आइतबार