सुस्ताका जनताले जाेखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्यो : कार्यवाहक प्रधानमन्त्री सिंह
नेपालबहस संवाददाता
असोज १०, २०८१ बिहिबार २१:१०:२२
९ असोज, सुस्ता । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नारायणी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि सुस्तावासीले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको बताएका छन् । आज सुस्ता वडा नम्बर ५ को सुस्ता गाउँलाई जोड्ने पुल उद्घाटन कार्यक्रममा बोल्दै सिंहले अब जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको बताए ।
‘झोलुङ्गे पुलको अभावमा राज्यले प्रदान गर्ने सेवा सुविधा लिन जोखिमपूर्ण यात्रा गर्नुपर्ने, लामो समय लाग्ने, निम्न माध्यमिक तहभन्दा माथिल्लो शिक्षाको लागि नारायणी नदीको दायाँ किनारातर्फ वा सदरमुकाम तर्फका अन्य स्थानमा डेरा गरी बस्नुपर्ने बाध्यता रहेकोमा पुलको निर्माणले त्यस्ता समस्याको समाधान गरेको छ,’ सिंहले भने, ‘स्वास्थ्य सुविधाबाट वञ्चित हुनुपर्ने अवस्थाको समेत अन्त्य भएको छ।’
सुस्ता क्षेत्रमा उत्पादन हुने उखु, केरा तथा अन्य कृषि उपजले सहज बजार पाउने अवस्थाको सिर्जना भएको पनि सिंहको भनाइ छ । झोलुङ्गे पुलको प्रयोग गरी विद्युतीय लाइनसमेत निर्माण गर्न सम्भव भएको र सुस्ताबासीलाई उज्यालो प्रदान गर्ने कार्य सम्पन्न गरेकोमा उनले नेपाल विद्युत प्राधिकरणलाई पनि धन्यवाद दिए । निर्माण कम्पनी त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सले साढे २३ करोड रुपैयाँको लागतमा गत असार अन्तिम साता पुल निर्माण सम्पन्न गरेको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाने
कात्तिक २१, २०८१ बुधबार
भूमिगत पानी व्यवस्थापन गर्ने विषयमा सरकार लागिरहेको छ : मन्त्री यादव
कात्तिक २०, २०८१ मंगलबार
उपप्रधानमन्त्री सिंहद्वारा विश्वसामु जलवायु न्यायको माग
कात्तिक २०, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
छठको दोस्रो दिन आज ‘खरना’
कात्तिक २१, २०८१ बुधबार
राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाने
कात्तिक २१, २०८१ बुधबार
अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
कात्तिक २१, २०८१ बुधबार
सुदूरपश्चिममा ३ सय ९७ जुवाडे पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली विजयी
कात्तिक २०, २०८१ मंगलबार
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै अगाडि बढाउँछौं : मन्त्री पौडेल
कात्तिक २०, २०८१ मंगलबार