बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने सरकारको तयारी
नेपालबहस संवाददाता
असोज १०, २०८१ बिहिबार २१:१९:१२
९ असोज, धनुषा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको ‘ड्रिमप्रोजेक्ट’ अर्थात् राष्ट्रिय गौरवको आयोजना रेल सेवालाई महोत्तरीको बर्दिबाससम्म सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । यहाँको मिथिला नगरपालिका–१० लालगढमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले विजलपुरादेखि बर्दिबाससम्म भारतीय अनुदानमा बन्ने रेल सेवाका लागि आवश्यक भौतिक संरचना जग्गा अधिग्रहण हुन नसक्दा समयमा निर्माण हुन नसकेको बताए ।
मन्त्री दाहालले भने, “जग्गाको यथार्थ म आफैँ गएर बुझेँ, त्यहाँ बस्ने मान्छेको नाममा जग्गा छैन । जग्गाको लालपुर्जा नहुँदा मुआब्जा दिन समस्या भएको हो । लालपुर्जा भएको जग्गाको मूल्यअनुसार ऐलानी जग्गाको मुआब्जा दिन मिल्दैन ।” उनले मुआब्जा दिन नसके पनि जोतभोग गर्दै आएका व्यक्तिले जग्गा खाली गर्न सहमत भएमा क्षतिपूर्ति दिन सकिने बताए । मुआब्जा अडान लिँदा बर्दिबाससम्म रेल ल्याउने भौतिक संरचना बनाउन समस्या भएको मन्त्री दाहालको भनाइ छ ।
मन्त्री दाहालले कमला पुल तयारगरी हुलाकी सडक सञ्चालन सरकारको प्राथमिकतामा रहेको बताए । “कमला पुल नबन्द भएको समस्या मन्त्रालयलाई थाहा छ । समस्या कसरी समाधान गर्ने विषयमा स्थलगत अनुगमनगरी निकास खोज्न आएका छौँ”, उनले भने । उनले कमला नदीमा रहेको पुरानो पुललाई मर्मत गर्ने या नयाँ पुल बनाउने विषयमा प्रविधिकले अध्ययन गरिरहेको जानकारी दिए। “पुलमा राज्यको लगानी भइसकेको छ”, मन्त्री दाहालले भने, “प्राविधिक रुपले परीक्षण गरी पुल मर्मत हुने भए मर्मत गर्ने र नहुने भए विकल्पतर्फ अगाडि बढ्ने हो ।”
मन्त्री दाहालले दसैँ तिहार लक्षित गरेर सडकलाई सहज बनाउने अभियान थालिएको बताए । दुई साताभित्र निर्माण भइरहेको सडकमा सहज रुपमा आवतजावत गर्नसक्ने बनाउन निर्माण कम्पनीलाई निर्देशन दिइएको उनले जानकारी दिए । मन्त्री दाहाल जनकपुर रेल र कमला पुलको स्थलगत अनुगमन गर्न प्राविधिकसहित धनुषा आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखामा ४.५ रेक्टरको भूकम्प
कात्तिक २२, २०८१ बिहिबार
पोखरा विमानस्थलमा आठौं पटक अन्तर्राष्ट्रिय उडान
कात्तिक २२, २०८१ बिहिबार
हिमाली जिल्लामा पनि छठ पर्व मनाइयो
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
उपनिर्वाचनका उम्मेदवारहरुलाई सघाउन र सहजीकरण गर्न कांग्रेसका १० नेताले पाए जिम्मेवारी
कात्तिक २२, २०८१ बिहिबार
इन्सपेक्टर शाही जोडिएको घटनामा उच्चअधिकारी मुछिएपछि सीआईबीले थाल्यो अनुसन्धान
कात्तिक २२, २०८१ बिहिबार
चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले बनायो सर्वाधिक ‘शो’ को कीर्तिमान
कात्तिक २२, २०८१ बिहिबार
दोलखामा ४.५ रेक्टरको भूकम्प
कात्तिक २२, २०८१ बिहिबार
लुक्लामा एकैदिन १८४ उडान, झण्डै चार सय विदेशी पर्यटक भित्रिए
कात्तिक २२, २०८१ बिहिबार
चिलिमे–त्रिशूली प्रसारण लाइन र सवस्टेशन सञ्चालनमा
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
उपनिर्वाचनका लागि उम्मेदवार छनोट
कात्तिक २२, २०८१ बिहिबार