कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज ११, २०८१ शुक्रबार ९:५२:२०
![](https://nepalbahas.prixacdn.net/media/albums/jomsom_kagbeni_Y3ELl64f0i_uUfJ3W7gZG.jpg)
११ असोज, म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ । जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्र्तगत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न रु.२८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाइँले कालोपत्रको काम पूरा भएको तथा सडक फर्निचरको काम अन्तिम चरणमा पुगेको बताए । कागबेनी देखि कोरलातर्फ दुई किलोमिटर र एक्लेभट्टी देखि कागबेनी जोड्ने बैकल्पिक सडकको एक किलोमिटर क्षेत्रमा पनि कालोपत्र भएको छ ।
जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्ने उक्त करिडोरअन्तर्गत आठ खण्डमा विभाजन गरेर प्रारम्भ भएको एक सय १० किलोमिटरमध्ये ७५ किलोमिटरमा सडक विस्तार र ग्राभेलको काम पूरा भएको छ ।
पच्चीस किलोमिटर लामो चराङ–छोसेर खण्डमा ९२ प्रतिशत निर्माण सम्पन्न भएको छ । यो खण्डको स्तरोन्नति पूरा भएपछि जोमसोमदेखि कोरलासम्मको सडक गाभ्रेल हुने आयोजना प्रमुख ध्रुवकुमार झाले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकहिले बनिसक्छ बबरमहलमा भासिएको सडक ?
फागुन ३, २०८१ शनिबार
दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित
फागुन ३, २०८१ शनिबार
काठमाडौं उपत्यकामा अत्यधिक बढ्यो प्रदूषण, ५४ प्रतिशत बढी सवारीसाधन मापदण्डविपरीत
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार
हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने
फागुन ४, २०८१ आइतबार
आइतबार साढे १९ अकले बढ्यो बजारः २७ सय नजिक पुग्यो नेप्से, ९ अर्ब ४७ करोडको कारोबार
फागुन ४, २०८१ आइतबार
भविष्यमा विश्वविद्यालय शिक्षासमेत निःशुल्क गर्न सकिनेछ : प्रधानमन्त्री
फागुन ४, २०८१ आइतबार