प्रधानन्यायाधीश श्रेष्ठलाई संविधान विपरीत न्यायाधीश नियुक्तिका लागि सिफारिस नगर्न बारको चेतावनी
नेपालबहस संवाददाता
असोज ११, २०८१ शुक्रबार १४:२२:३७
११ असोज, काठमाडौं । नेपाल बार एशोसिएसनले संविधानमा भएको व्यवस्था विपरीत न्यायाधीश नियुक्तिको सिफारिस नगर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई चेतावनी दिएको छ । यसको विरोधमा नेपाल बारले शुक्रबार न्यायपरिषद अगाडि धर्ना दिएको छ ।
सेवा निवृत्त हुनै लागेका प्रधानन्यायाधीश श्रेष्ठले संविधानका व्यवस्था विपरीतको न्याय परिषद् नियमावलीमा टेकेर नयाँ न्यायाधीश नियुक्त गर्न लागेको बारको आरोप छ । नेपाल बारमा आबद्ध कानुन व्यवसायीहरूले न्याय परिषदको सचिवालय बाहिर प्रदर्शन गरेका छन् । न्याय परिषद् नियमावलीका सम्बन्धमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिए पनि बार बेन्चबीच विवाद मिलेको छैन ।
कार्यदलमा कुनै विषय नराखिकन न्याय परिषदको बैठकबाट न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने असंवैधानिक कदम अघि बढाउने प्रयास गरेपछि बाध्य भएर निरन्तर रुपमा धर्नालगायतका विरोध प्रदर्शनका कार्यक्रम अघि बढाउने निर्णय लिनु परेको बारको भनाइ छ । प्रधानन्यायाधीश श्रेष्ठको अवकाश हुने समय नजिकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार
खोकना बस्ती र आसपासको दृश्य
पुष ८, २०८१ सोमबार
रवि र छबीसहित ५ जनालाई कास्की अदालतका न्यायाधीश राईको इललासमा बयान गराइने
पुष ८, २०८१ सोमबार