विभिन्न कार्यक्रम गरि मनाइयो विश्व पर्यटन दिवस
नेपालबहस संवाददाता
असोज ११, २०८१ शुक्रबार १५:२२:२३
११ असोज, काठमाडौं । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमको समुद्घाटन गर्दै कार्यबाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको आर्थिक समृद्धिको लागि लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताए ।
उनले देशको आर्थिक तथा सामाजिक विकासलागि शान्ति अपरिहार्य रहे जस्तै शान्ति विना पर्यटनको विकास समेत सम्भव नभएको धारणा राखे । “पर्यटनलाई नेपालको विकासको इन्जिनको रुपमा लैजान सकिन्छ । यसको लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै जाने प्रतिवद्धता यो अवसरमा व्यक्त गर्न चाहन्छु ।” उनले भने ।
यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा पर्यटनको व्यापक सम्भावना रहेको उल्लेख गर्दै पर्यटनबाटै आर्थिक समृद्धि हासिल गर्ने गरि राज्य र निजी क्षेत्र मिलेर काम गर्नु पर्ने बताए ।
“ यो वर्षको विश्व पर्यटनको नारा पर्यटन र शान्ति छ । पर्यटनका लागि शान्ति अपरिहार्य छ । एकातिर जलवायु परिवर्तनले विश्व आक्रान्त बनेको अवस्था छ । यसका असरलाई कम गर्दै लैजानु पर्ने छ अवस्था एकातिर छ भने अर्कोतर्फ विश्वले नै शान्ति खोजिरहेको छ । विश्व शान्तिको नै पर्यटनको लागि आधार बन्न सक्छ ।” उनले भने ।
मन्त्री पाण्डेले देशको पर्यटनको विकासका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई बलियो बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै नीतिगत सुधार र व्यवसायिक बजार योजना सहित निगम सुधार गर्नु पर्ने बताए ।
यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पर्यटनको विकासको लागि निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै सरकारले पर्यटन मैत्री नीति बनाउने तर्फ काम गरिरहेको बताए ।
मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष डा. गणेश प्रसाद पाण्डेले पर्यतीय पर्यटनमा नेपाल विश्वमा नै अग्रणी रहेको उल्लेख गर्दै पर्यटनबाट थप लाभ लिन सबैपक्षबीच सहकार्य आवश्यक रहेको बताए ।
बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले पर्यटन र शान्तिबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै पर्यटनमैत्री नीतिले मात्रै पर्यटनको विकास सम्भव भएको बताए ।
होटल संघ नेपाल ९हान०का अध्यक्ष विनायक शाहले होटल क्षेत्रमा अर्बौंको लगानी रहेका र करिब १० लाख व्यक्तिलाई रोजगारी सिर्जना गरेको अवस्थामा राज्यले पर्यटनलाई प्राथमिकतामा राखेर अगाडि जानु पर्ने धारणा राखे ।
होटल व्यवसायी संगीता श्रेष्ठले नेपालमा पर्यटनको व्यापक सम्भावना भएकोले पर्यटनबाटै समृद्धिको यात्रा तय गर्न सकिने धारणा राखिन् ।
४५औं विश्व पर्यटन दिवसको अवसरमा पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । यसैबीच दिवसकै अवसरमा आज जजिरा एअरलायन्स र फ्लाई दुवईबाट नेपाल आउने पर्यटकहरुलाई विमानस्थलमा स्वागत गरिएको थियो ।
नेपाल पर्यटन बोर्डमा वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पर्यटकहरुलाई खादा तथा बुद्ध मुर्तिले स्वागत गरेका थिए ।
विश्व पर्यटन दिवसकै अवसरमा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले सबैभन्दा बढि टिम्स काट्ने पाँच वटा कम्पनीलाई सम्मान गरेको थियो भने ग्रामिण पर्यटन मञ्च (भिटोफ) ले गुल्मी, धादिङ र संखुवासभाका तीनवटा होमस्टेलाई ३ वटा होमस्टेहरुलाएई पर्यटन गाउँ घोषणा गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार