नेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनु पर्छ : मन्त्री पाण्डे
नेपालबहस संवाददाता
असोज ११, २०८१ शुक्रबार १५:५१:११
११ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाललाई शान्तिको पर्यटकीय गन्तव्य मुलुक बनाउनु पर्ने बताएका छन् ।
विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले ४५ औं विश्व पर्यटन दिवसको नारा पर्यटन र शान्ति रहेको उल्लेख गर्दै नेपालको सन्दर्भमा यो नारा निकै सान्दर्भिक रहेको र कतै नेपाललाई हेरेर यो नारा आएको हो कि भन्ने लागेको बताए ।
उनले वैदिक कालमा वेदका ऋचाहरूमा हाम्रा ऋषिमुनिले पृथ्वीमा शान्ति, जलमा शान्ति, आकाशमा शान्ति, वनस्पतिमा शान्तिको पक्षमा कामना गर्ने गरेको उल्लेख गर्दै त्यही बेलामा जलवायुको परिवर्तनले असर पृथ्वीले भोग्नु पर्ने छ र हामीले आकाश, जल, वायु सबैमा शान्ति खोज्नु पर्ने कुराको अनुमान गरेको उल्लेख गरे ।
भगवान बुद्धले पञ्चशीलको अवधारणा मार्फत शान्तिको सन्देश विश्वलाई दिएको र केहीसमय अघि नेपालमा शान्ति प्रक्रियाको अनुगमन गर्न आएको राष्ट्र संघले पनि नेपालीहरू आफै शान्ति कायम गर्न सक्षम छन् भन्नेर धन्यवाद दिँदै फर्किएको उल्लेख गर्दै उनले भने, “वैदिक कालदेखि आधुनिक कालसम्म हामी शान्तिको पक्षमा रहेको र यो वर्षको नारा हामीलाई नै हेरेर बनाएको हो कि भन्ने लागेको छ ।”
उनले वैदिक कालमा वेदका ऋचाहरुले भने जस्तै शान्तिको परिचायक सम्बृद्धि हुन सक्ने विकास हुन सक्ने र हामीले भौतिक शान्तिसँगै मानसिक शान्ति आवश्यक रहेकाले पर्यटनलाई हाम्रो सम्बृद्धिसँग जोडन सकिने र नेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनु पर्ने बताए ।
विभिन्न समयमा नेपालीहरू आफै आफ्नो शान्ति कायम गर्न सक्षम भएको दावी गर्दै मन्त्री पाण्डेले भने- 'हामीले हाम्रो देशलाई शान्तिको गन्तव्य बनाउन सक्नुपर्छ ।'
फरक प्रसंगमा मन्त्री पाण्डेले भने, अहिले हामीलाई चाहिएको समृद्धि हो, त्यसका लागि रणनीतिक रूपमा पर्यटनलाई प्रयोग गर्न सक्नुपर्छ । हाम्रो विविधता पूर्ण संस्कृति र प्रकृतिलाई संसारभर पुर्याउनु जरुरी छ । नेपालको पर्यटनको विकास गर्न नेपाली आकास सुरक्षित छ भन्ने सन्देश विश्वमा पुर्याउन जरुरी रहेको उनको भनाई थियो ।
आफूले लिएको जिम्मेवारी सबैले पुरा गर्नु पर्ने बताउँदै यदि काम गर्न नसक्ने हो भने जिम्मेवार निकायमा रहेको जो सुकैले राजीनामा दिनु पर्ने उनको भनाई थियो । पछिल्लो समय लगानीकर्तालाई माफियाको संज्ञा दिने गरेको बताउँदै यसलाई सबैले चिर्नु पर्न उनको तर्क थियो । ।
यदि नीजि क्षेत्र अघि नलाग्ने हो भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय केही गर्न नसक्ने बताउँदै उनले भने, लगानी गर्नेहरू माफिया होइनन् समृद्धिका वहाक हुन्न।
उनले नेपालको आकाश सुरक्षित छैन भन्ने भाष्यलाई चिर्नु पर्ने र नेपाली ध्वजावहाकलाई चुस्त बनाउनु पर्ने उल्लेख गर्दै पर्याप्त विमान विना वायुसेवा निगमले प्रभावकारी सेवा दिन नसक्ने बताए । पर्यटन क्षेत्रको विकासका लागि उड्डयन क्षेत्रले महत्वपूर्ण योगदान महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार