भृकुटीमण्डपमा आइतबारदेखि दशैं महोत्सव
नेपालबहस संवाददाता
असोज ११, २०८१ शुक्रबार १६:५५:२६
११ असोज, काठमाडौं । ‘स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूलनाराका साथ यही असोज १३ गते आइतबारदेखि ‘घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१’ आयोजना हुने भएको छ । आज यहाँ पत्रकार सम्मेलन गरी घरेलु तथा साना उद्योग सङ्घ काठमाडौँ र काठमाडौँ महानगरपालिकाको संयुक्त आयोजनामा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा हुने उक्त मेलाबारे जानकारी गराइएको हो ।
मेला आयोजक समितिका संयोजक जीतेन्द्रकुमार श्रेष्ठले महानगरपालिकसँगको सहकार्यमा असोज १३ देखि २३ गतेसम्म काठमाडौँका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनको जिल्लास्तरीय औद्योगिक प्रदर्शनी गर्न लागिएको जानकारी दिए । महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीको सहभागितामा आयोजना गरिने औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगको सहभागिता रहने उनले बताए ।
मेलामा लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्तालगायतका ७० वटा स्टल रहने जनाइएको छ । प्रदर्शनीसँगै अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव प्रदर्शनीका आकर्षणको रुपमा रहने आयोजकको भनाइ छ ।
घरेलु तथा साना उद्योग संघ काठमाडौंकी अध्यक्ष पद्मकुमारी कार्कीले घरेलु तथा साना उद्यमीद्वारा उत्पादित वस्तुको प्रवर्द्धन र बजारीकरण गरी स्वदेशी वस्तुको उपभोगमा वृद्धि गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखैरहनी महोत्सवमा महको प्रवर्द्धन गरिँदै
पुष ११, २०८१ बिहिबार
धनगढीमा ‘नवौं बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु
पुष ९, २०८१ मंगलबार
आज देखि पोखरामा बेलुन महोत्सव
पुष ९, २०८१ मंगलबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
पुष १२, २०८१ शुक्रबार
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
पुष १२, २०८१ शुक्रबार
रहेनन् भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १२, २०८१ शुक्रबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार