कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा
नेपालबहस संवाददाता
असोज ११, २०८१ शुक्रबार १६:५८:३९
११ असोज, भोजपुर । भोजपुरमा आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम,व्यवसायमा लाग्ने युवाहरूको लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवाहरूमा कृषिमा प्रति मोह बढेको हो । यहाँका युवाहरूले अहिले व्यावसायिक रुपमा कृषि गरेर मनग्गे आम्दानीसमेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा मेहनत बगाएपनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरू यही नै उद्यममा जुटेका हुन् ।
टेम्केमैयुङ गाउँपालिकाका स्थानीय गुणराज राउतले विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएको छ । विदेशमा १५ वर्ष विताएका राउत अहिले आफ्नै ठाउँमा व्यावसायिक बाख्रापालनमा लाग्नु भएको हो । “विदेशमा लामो समय विताए” उनले भने,“धेरै मेहनत गर्दा पनि सोचे जस्तो आम्दानी गर्न भएन । अहिले आफ्नै ठाउँमा व्यावसायिक रुपमा बाख्रापालनमा लागेको छु । बाख्रापालनबाट यही राम्रो आम्दानी गरिरहेको छु ।”
विदेशमा गर्ने मेहनत यहाँ गर्न सके आफ्नै ठाउँमा परिवारसँग बसेर राम्रो आम्दानी लिन सकिने उहाँको भनाइ छ । मानिसहरुले विदेशमा बगाउने पसिना यही बगाए देशलाई पनि योगदान पुग्ने राउतको भनाइ छ । कृषकहरुलाई व्यावसायिक रुपमा बाख्रापालनको विषयमा जानकारी नहुँदा समस्या हुने गरेको उनले बताए । ग्रामिण भेगमा पशुचिकित्सकहरुको उपस्थिति कम हुने भएकाले किसानलाई समस्या हुने उनले बताए ।
विदेशबाट फर्केर स्थानीय खड्गबहादुर राउतले पनि व्यावसायिक रुपमा सतुवा तथा चिराइतो खेती गरिरहेको बताए । उनले व्यावसायबाट वर्षमा रु तीनदेखी पाँच लाखसम्म आम्दानी गर्दै आएको जानकारी दिए। टेम्केमैयुङ गाउँपालिका कुमार विष्टले विदेशबाट फर्केर व्यावसायिक किवी र एभोकाडोको खेती गरिरहेको बताए । अबको केही वर्षमा वार्षिक रु छ देखी आठ लाखसम्म आम्दानी लिने लक्ष्य रहेको कृषक विष्टको भनाइ छ । १५ रोपनी क्षेत्रमा किवीको व्यवसायिक खेती थालेको उनको भनाइ छ । किवीले यस वर्षबाट फल दिन थालेको उन बताए। “आफ्नै ठाउँमा केही गर्ने सोचले व्यावसायिक कृषि खेतीमा लागेको छु”उनले भने,“आफ्नै ठाँउमा योजनावद्ध रुपमा व्यावसायिक बन्न सकियो भने राम्रो आम्दानी लिन सकिन्छ । आफ्नै ठाउँमा नमूनायोग्य काम गर्ने सोचका साथ कृषि कर्ममा लागेको छु ।”
युवाले विदेश जान भन्दा स्वदेशमा नै व्यावसायिक भएर काम गर्न सके जीवन गुजारा गर्न समस्या नरहेको उनको भनाइ छ । विदेश पुगेपछि स्वदेशमा आम्दानी गर्न सकिने धेरै विकल्प देखेपछि स्वदेश फर्केर आएर व्यावसायिक रुपमा काम शुरुआत गरेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैँ अगाडी उखु र दूग्ध किसानको बक्यौता रकम भुक्तानी गर्न २ अर्ब निकासा
असोज ११, २०८१ शुक्रबार
सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज सङ्कलन केन्द्र स्थापना
असोज ११, २०८१ शुक्रबार
बाँदरको उपद्रो बढ्न थालेपछि बस्ती छाड्दै किसान
असोज १०, २०८१ बिहिबार
कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार
असोज १०, २०८१ बिहिबार
बाहिर नेपाल बारको धर्ना, भित्रबाट पाण्डे र निरौलालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस
असोज ११, २०८१ शुक्रबार
वर्षाले कुलेखानीको ड्याम भरियो, तल्लो क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
असोज ११, २०८१ शुक्रबार
दशैँ अगाडी उखु र दूग्ध किसानको बक्यौता रकम भुक्तानी गर्न २ अर्ब निकासा
असोज ११, २०८१ शुक्रबार
१२ घण्टा यता देशैभर भारी वर्षाः हवाई उडान प्रभावित, मुग्लिन-नारायणगढ सडकमा राती सवारी बन्द
असोज ११, २०८१ शुक्रबार
तिम्बुङ पोखरी आसपासको क्षेत्र
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
धरानमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
असोज ११, २०८१ शुक्रबार