धरानमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
नेपालबहस संवाददाता
असोज ११, २०८१ शुक्रबार १७:०:४१
११ असोज, सुनसरी । धरानमा पहिलो पटक राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । धरान ब्याडमिन्टन क्लबले आज पत्रकार सम्मेलन आयोजना गरी यही असोजको १७ गते देखि १९ गते तीन दिनसम्म ब्याडमिन्टन प्रतियोगिता हुने जानकारी दिएको हो ।
आयोजक समितिका संयोजक टङ्कबहादुर लिम्बूका अनुसार प्रतियोगितामा ७७ वटै जिल्लाका दुई सय टिमका छ सय खेलाडी सहभागी हुनेछन् । सुरक्षा निकायका तीन वटा विभागीय टोलीसमेत सहभागी हुने उनले बताए ।
उनले भने, “खेलको माध्यमबाट आपसी भाइचारा, सद्भाव वृद्धि, साथै धरानको खेल र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो ।” यस्ता प्रतियोगिता हुन नसक्दा युवा प्रतिभा पलायन भई सक्षम खेलाडी उत्पादनमा कमी आएको उनको भनाइ छ ।
प्रतियोगितामा खुल्ला पुरुष डबलतर्फका विजयी जोडीलाई रु एक लाख १५ हजार नगद पुरस्कार, उप विजेताले रु ५५ हजार र तेस्रो हुने जोडीले रु ३० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
खुल्ला ‘भेट्रान्स’ ४५ ‘प्लस’, ‘सुपर’ भेट्रान्स ५५ प्लस र ‘लेडिज डबल्स’, ‘मिक्स डबल्स’का विजेताले रु ६५ हजार, उपविजेताले रु ३३ हजार र तेस्रो हुनेले रु ११–११ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक लिम्बूले बताए ।
प्रतियोगितामा राष्ट्रिय ‘रेफ्री’ तथा प्रशिक्षक केदार धिमाल प्रमुख निर्णायक रहने बताइएको छ । टिम दर्ता शुल्क खुल्ला मेन्स डबल, भेट्रान ४५ प्लस, सुपर भेट्रान ५५ प्लसका प्रतियोगीका लागि रु तीन हजार, मिक्स डबलका लागि रु दुई हजार पाँच सय र खुल्ला लेडिज डबलका प्रतियोगीका लागि रु दुई हजार निर्धारण गरिएको धरान ब्याडमिन्टन सङ्घले जनाएको छ ।
खेल प्रतियोगिता धरान उपमहानगरपालिका–१३ अमर सेवा समाजको कभर्ड हलमा हुने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनमा रु २२ लाखभन्दा बढी खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगितामा कोशी प्रदेश खेलकुद परिषदले रु आठ लाख, धरान उपमहानगरपालिकाले रु एक लाख ५० हजार, विभिन्न वित्तीय सङ्घसंस्था र प्रायोजकबाट रकम सङ्कलन गरिएको आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपब्याडमिन्टन प्रतियोगिता नेपाल र ढुङ्गानाको जोडी प्रथम
कात्तिक २५, २०८१ आइतबार
तीन दशकपछि कोशीस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
भदौ २८, २०८१ शुक्रबार
नेपालमा एयर ब्याडमिन्टनको सुरुवात
भदौ १२, २०८१ बुधबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार