प्रधानसेनापतिले लिए लेबनान र सिरियामा रहेका नेपाली शान्ति सेनाको अवस्थाबारे जानकारी
नेपालबहस संवाददाता
असोज ११, २०८१ शुक्रबार २०:१४:४८
११ असोज, काठमाडौं । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ लेबनान र सिरियाको वर्तमान सुरक्षा स्थिति र विविध पक्षबारे भर्चुअल माध्यमबाट जानकारी लिएका छन् ।
छलफल तथा अन्तर्क्रियाको क्रममा युएन मिसनका फोर्स कमान्डर, युनिफिल मिसनका डेपुटी फोर्स कमान्डर र सिनियर नेशनल अधिकृतहरूले विशेष गरी लेबनानको पछिल्लो सुरक्षा स्थिति र विकसित घटनाक्रमहरूको बारेमा प्रधान सेनापतिलाई जानकारी गराएका थिए ।
सोही क्रममा प्रधान सेनापतिले त्यहाँ तैनाथ नेपाली शान्ति सैनिकहरूलाई सम्बोधन गर्दै आइपर्न सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको सामना गर्न तयारी अवस्थामा रहँदै धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न निर्देशन दिए ।
उनले प्रतिकुल अवस्थामा समेत नेपाली शान्ति सैनिकहरूले देखाएको अनुशासन र कर्तव्यपरायणताको उच्च प्रशंसा गरे । हाल उक्त मिसनहरूमा तैनाथ नेपाली शान्ति सैनिकहरू सुरक्षित रहेको नेपाली सेनाले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
प्रधानसेनापति सिग्देलले गरे भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण
मंसिर २९, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार