न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
नेपालबहस संवाददाता
असोज ११, २०८१ शुक्रबार २२:११:४३
११ असोज, पाटन (ललितपुर) । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले दिगो विकास लक्ष्यअनुरूप न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक रहेको बताएका छन् । युरोपियन युनियनअन्तर्गत स्वीच एसिया परियोजनाको सहयोगमा विल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल कार्यक्रमले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले अन्तर्राष्ट्रिय मूल्य र मान्यता, न्यून कार्बन उत्सर्जन गर्ने गरी नेपाल सरकारले निर्धारण गरेको लक्ष्यअनुरूप ऊर्जा प्रभावकारी भवन निर्माणमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।
“यसमा आबद्ध ६० वटा पालिकाले आफ्ना नीति, योजना र बजेटमा कार्यान्वयन गर्दै यसका लागि अन्य पालिकालाई पनि उत्साहित गर्नुपर्छ, दिगो विकास लक्ष्यमा पुग्न जलवायु परिवर्तनका नकारात्मक असरलाई न्यूनीकरण गर्नुपर्छ, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न यो सान्दर्भिक छ”, उनले भने । कार्यवाहक प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालिरहेका सिंहले १६ औँ पञ्चवर्षीय आवधिक योजनाको लक्ष्य हासिल गर्न यस कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार