बाढी र पहिरोमा परी ११ जनाको मृत्यु, उपत्यकामा उद्दारका लागि महानगरले खटायो १७ टोली
नेपालबहस संवाददाता
असोज १२, २०८१ शनिबार १२:९:१३
१२ असोज, काठमाडौं । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर पाँचथरमा दुई, धनकुटामा दुई जनाको मृत्यु भएको छ । धादिङमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार १० जना बेपत्ता भएका छन् । ७६० जना सकुशल उद्धार गरिएको छ । १६२ घरमा क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
झापामा बाढीले बगाएर एकजनाको मृत्यु भएको छ । काभ्रेमा पहिरोमा परेर तीन र ललितपुरमा एकजनाको मृत्यु भएको छ । काठमाडौंमा बाढी र पहिरोमा परेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै काठमाडौँ महानगरपालिकाले बाढी र डुबानमा फसेकाहरूलाई उद्धारका लागि नगर प्रहरीका १७ टोली परिचालन गरेको छ ।
मेयर बालेन्द्र शाहका अनुसार निरन्तर वर्षाका कारण राजधानी शहर काठमाडौँमा सिर्जना भएको विपद् व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोलीमा अधिकृत र जवान गरी ३ सय जना संलग्न गरिएको छ । टोलीहरू डुबान भएका बस्ती, नदी किनारा, रूख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्न गरिरहेका छन् ।
मेयर शाहका अनुसार वंशीघाट (विश्व निकेतन विद्यालय पछाडि), कुलेश्वर, कपुरधारा, जडीबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमूल, न्युरोड, गणेशस्थानलगायत स्थानका समस्या समाधान भइरहेको छ । उनले भनेका छन्, ‘स्थानीयले दिएको सूचना, हटलाइन टेलिफोनमा टिपिएका अनुरोधलाई तत्काल सम्बोधन गर्ने प्रयास गरेको छौँ । यस्ता विपद्मा आफू र परिवारलाई बचाउनु तथा आपदमा परेकालाई जोगाउने हरेक नागरिकको दायित्व भएको उल्लेख गर्दै मेयर शाहले सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न अपिल पनि गरेका छन् ।
डुबान, कटान, बाढी, पहिरोको जोखिम भए काठमाडौँ महानगरपालिकाका हटलाइन १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गरेर अवस्थाका बारेमा जानकारी गराउन उनले अनुरोध गरेका छन् । साथै आपत्कालीन अवस्थामा अस्पताल जानुपरे निःशुल्क एम्बुलेन्स प्रयोग का लागि १०२ मा फोन गर्न मेयर शाहले सूचना जारी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाइबेरियाका चरा आए कञ्चनपुर, सिमसार क्षेत्रमा आगन्तुक चराको संख्या बढ्यो
कात्तिक २८, २०८१ बुधबार
बाढीले बगर बनाएको गोटीखेल बजारमा ६ अर्बका संरचना ध्वस्त
कात्तिक २५, २०८१ आइतबार
बाढीपहिरो पीडितलाई न फूल न बत्तीको झिलिमिली
कात्तिक १७, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार