न्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
नेपालबहस संवाददाता
असोज १२, २०८१ शनिबार १३:१९:१२
१२ असोज, काठमाडौं । न्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा परेको छ । टेस्टको तेस्रो दिन न्यूजील्याण्ड आफ्नो पहिलो इनिंगमा केवल ८८ रनमा अल आउट भएपछि फलोअनमा परेको हो ।
न्यूजील्याण्डका लागि मिचेल सान्टनरले सर्बाधिक २९ रन बनाए भने डार्यल मिचेलले १३ र रचिन रविन्द्रले १० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । न्यूजील्याण्डको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा श्रीलंकाका प्रबाथ जयसूर्यले सर्बाधिक ६ विकेट लिएका थिए भने निशान पेइरिसले ३ तथा असिथा फेर्नांडोले एक विकेट लिएका थिए ।
फलोअनमा परेको न्यूजिल्याण्डले आफ्नो दोस्रो इनिंग शुरु गरेको छ भने लन्च सम्म एक विकेट गुमाएर ३ रन बनाएको छ । यस अघि श्रीलंकाले पहिलो इनिंगमा ६०२ रन बनाएर इनिंग घोषणा गरेको थियो । टेस्टको दोस्रो दिन शुक्रबार श्रीलंकाका तीन ब्याट्सम्यानको शतक सहित ५ विकेट गुमाएर ६०२ रन बनाए पछि इनिंग घोषणा गरेको थियो ।
श्रीलंकाका लागि कमिन्दु मेन्डिसले १८२ रन बनाएका थिए । श्रीलंकाका लागि आठौ टेस्ट खेल खेलिरहेका कमिन्दुले हरेक टेस्टमा अर्धशतक बनाएर नयाँ किर्तिमान बनाएका छन् । त्यस्तै यस खेलमा दिनेस चान्डिमलले ११६ र कुशल मेन्डिसले १०६ रन बनाएका थिए ।
२ टेस्टको यस सिरिजमा श्रीलंकाले पहिलो टेस्ट खेल जितेर १-० को अग्रता बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
जनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई भव्य स्वागत, मधेसभर विजय उत्सवको तयारी
पुष १२, २०८१ शुक्रबार
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
पुष १२, २०८१ शुक्रबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार