पहिरोले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचनामा क्षति
नेपालबहस संवाददाता
असोज १२, २०८१ शनिबार १४:१०:२९
१२ असोज, काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना 'हेडवक्र्स'मा क्षति पु¥याएको छ ।
माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेदेखि विद्युत् उत्पादन बन्द गरिएको छ । बाँधका सम्पूर्ण ढोका 'गेट'हरु खुल्ला गरिएको छ । बाँध स्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्राउने पोखरी 'डिस्याण्डर' र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने नहर 'कल्भर्ट'मा क्षति पुगेको छ । नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।
आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले विद्युत्गृह रहेको स्थान गोंगरबाट बाँधसम्मको प्रवेश मार्गमा पर्ने खोलामा बाढी आएका कारण कोही पनि त्यहाँसम्म पुग्न नसकेको बताए ।
गौतमले पहिरोको प्रकृति हेर्दा नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्टलगायतका संरचनामा क्षति पुर्याएको अनुमान गरिएको उल्लेख गर्नुभयो । पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुङ्गा र लेदो थुप्रिएको छ । नियन्त्रण कक्षमा रहेका दुई कर्मचारीलाई उद्धार गर्न लागिएको र हालसम्म कुनै मानवीय क्षति भने नभएको उनले बताए । जिल्ला प्रशासन कार्यालय दोलखासँगको समन्वयमा उद्धारमा लामाबगरस्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।
तामाकोशी आयोजनाको डिजाइन डिस्चार्ज 'पानीको बहाव' ६६ क्युमेक हो । अहिले तामाकोशी नदीको बहाव बाँधस्थलमा चार सय ६१ क्युमेक छ । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौता बामोजिम नदीमा पानीको बहाव दुई सय ५० क्युमेक हुनासाथ विद्युतगृह बन्द गर्नुपर्ने छ । शुक्रबार अपराह्न ४ बजेपछिबाट पानीको बहाव दुई सय ५० क्युमेक नाघेको र पानीको बहाव बढ्ने क्रम रहेपछि साँझ ७ बजेबाट विद्युत् उत्पादन पूर्णरुपमा बन्द गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकामा १२ महिना नै शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय
पुष १०, २०८१ बुधबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय
पुष ११, २०८१ बिहिबार
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
पुष ११, २०८१ बिहिबार
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
पुष ११, २०८१ बिहिबार
माझीदाईका गुनासाः दिनभरि काम गर्यो, फर्कदा रित्तै !
पुष ११, २०८१ बिहिबार
कस्तो रहला आज देशभरको मौसम ?
पुष ११, २०८१ बिहिबार